मूल प्रवाह कोचिनद्धारा दाहसंस्कार

#जनक बिसी

कोचिन, ९ अगस्ट । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ सारी प्युठान निवासी वर्ष ३८ का चुरामणि घर्ती मगर अकस्मात् दुबै खुट्टा नचल्ने बिमारीपछि मेडिकल कलेज कोटटयाममा ८ अगस्ट २०२२ का दिन मृत्यु भएको थियो । पारिवारिक सुत्रले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिलाई जानकारी दिए बमोजिम नगर समितिको तर्फबाट केन्द्रीय परिसद सदस्य तथा दक्षिण भारत क्षेत्रीय सह-सचिव धर्मराज शर्मालाई जानकारी गराउदै उहाँबाट अपरिहार्य नैतिक रुपमा सहयोगमा जुटने प्रतिबद्द जाहेर गर्नुभएको थियो तथापि नगर समिति कोचिन र पारिवारिक आन्तरिक तयारी छिटै अगाडि बढयो ततः नुसार कोचिनको नेटटु संसान घाटमा हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको उपस्थितिमा दाह संस्कार गर्ने काम भयो र कम्पनि मालिकहरुसँग बाबुराम केसी र जनक बिसीले छलफल चलाउनु भए बमोजिम पिडित परिवारलाई राहत दिने कुरामा सन्तोषजनक निणर्य भयो ।

यसै सिलसिलामा मृतक चुरामणि घर्ती मगरको सम्झनामा जनक बिसीले सञ्चालन गर्नुभएको श्रद्धाञ्जली कोण सभामा मृतक प्रति १ मिनेट मौनधारणपछि श्रद्धाञ्जली दिनु हुने प्रमुख बक्ता बाबुराम केसी नगर सदस्य मेघराज बिसी र बिनोद नेपाली बोल्नु भएको थियो ।

स्मरण रहोस ४ मैना अगावै मृतकका वर्ष १७ का गोपाल शिबभक्ती (घर्ती ) पेटको आन्द्रा चुढिएर उपचार क्रममा कोचिन नगर समितिले ३२ हजार भारु सहयोग गरेको थियो तर बावुको पनि मृत्यु भएको छ ।

यस दुःखद घडीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिले दिवङगत चुरामणि घर्ती मगरलाई श्रद्धाञ्जली अर्पण गर्दै, घर्ती परिवाजनमा समवेदना प्रकट गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार