#कोटफुर्से
फुचुंग्री :- तिज कस्तो भयो काका ?
काका :- हुने खानेहरुको तिज र हुँदा खानेहरुको तिजमा जमिन आकाशको फरक देखियो । प्रवाशमा पनि जहाँ-जहाँ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको संगठन राम्रो छ, त्यहाँ-त्यहाँ प्रगतिशिल क्रान्तिकारी संदेश प्रवाह गर्ने खालका गीत नृत्य प्रस्तुत भए । हाम्रो कोशिश रह्यो जनतालाई सचेत र जागरुक बनाई वर्गिय मुक्ति आन्दोलनमा सरिक गराउने । तर धेरै ठाउँमा छाडा गितमा तिज मनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् जसलाई हामीले समर्थन गर्दैनौं ।
फुचुंग्री :– प्रगतिशील भन्नाले व्रत बस्ने पूजापाठ गर्ने प्रचलनको विरोध हो कि काका ?
काकाः– हो पनि, होइन पनि । व्रत पूजापाठले जनताका समस्या समाधान हुँदैनन् भन्ने हाम्रो बुझाइ छ । व्रत पूजापाठ गर्नेलाई अपमान गर्दैनौं । यो उनीहरूको इच्छाको कुरा भयो । कुनै पनि चाडपर्व मनाउने बेला त्यसमा जरा गाडेको अन्धविश्वास रुढीवादी परम्परा र सामन्ती संस्कारलाई हटाएर नयाँ जनवादी प्रगतिशील रूपमा रूपान्तरण गर्ने हाम्रो प्रयास हो । सचेत र जागरुक महिलाहरुले प्रगतिशील क्रान्तिकारी गीत नृत्य प्रस्तुत गरेर यसपालिको तीजि कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गरेका समाचार आइरहेका छन् ।
फुचुंग्री :– मंसिर ४ मा चुनाव हुने नै हो र काका ?
काकाः– स्वतन्त्र र निष्पक्ष रुपमा चुनाव हुन्छ भन्ने विश्वास छैन । चितवनमा प्रचण्डले मतपत्र च्यातेको घटना कसरी भुल्न सकिन्छ र, हामीहरू चुनावलाई एउटा पर्वको रूपमा सफल सम्पन्न पार्नु पर्छ भन्ने तयारीमा छौं ।
फुचुंग्री :– एमसीसी पास गर्ने, नागरिकता विधेयक पारित गर्ने, संघीयता पक्षधर राष्ट्रघाती दलहरुसँग कसरी गठबन्धन हुन सक्छ र काका ?
काका :– यतिबेला सहिदको रगतले साटेर ल्याएको सीमित गणतन्त्र धरापमा परेको बेला हामी गठबन्धनबाट नै चुनावमा जान्छौं, हाम्रो एजेण्डा संघीयताको विरोध, एमसीसी चाहिँदैन, नागरिकता विधेयक खारेज जस्ता कुराहरू जनताको बीचमा लैजान्छौं । जनताले दिएको जनादेशलाई सम्मान गर्छौं ।
फुचुंग्री :– फुटपरस्त तत्वहरूले त चुनाव बहिस्कार पो गर्ने रे नि काका ?
काकाः- गत स्थानीय निकायको निर्वाचनमा बेहोरेको हार सहन नसकेर रन्थनिएका छन् । माउ पार्टी नै चुनाव आयोगमा दर्ता गर्न गाका थिए, मापदण्ड पुरा गर्न नसके पछि गर्ने त्यही बहिस्कार नै हो । सुनिन्छ ; कता-कता चुनाव भन्दा पहिले नै पोइलो जानका लागि मोलमोलाई हुँदैछरे । एउटा सचिव सरहको पद, दुई पोलिट व्यूरो अनि २० केन्द्रीय सदस्य पाएमा जाने हुन् भन्ने सुनेको थिएँ ।
फुचुंग्री :– उनीहरूको विशेष महाधिवेशन की विलय महाधिवेशन काका ?
काका :- उफ ! के के सोध्छे यो फुचुंग्री पनि !