धर्म पहरी
दक्षिण भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत क्षेत्रीय सांस्कृतिक विभागको भेला सम्पन्न भएको छ । ११ सितम्बर२०२२ का दिन सम्पन्न सो भेलाको अध्यक्षता बालकृष्ण गायकले र सञ्चालन किशोर शर्मा गर्नुभएको थियो ।
भेलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सचिव जनक राज पौडेलको प्रमुख आतित्थ्यता रहेको थियो भने, महासचिव कुल बहादुर थापा, कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य चोभनाथ शर्मा, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, केन्द्रीय सदस्य भगवती कुँवर, नरेश कुमार विके, केशमान नेपाल, केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्माले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।
अतिथिहरुको आसन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनट मौनधारण लगत्तै कार्यक्रममा सहभागी सम्पूणर्लाई मिलन खत्रीले मन्तव्य बाट स्वागन गर्नुभएको थियो ।
प्रमुख अतिथि जनक राज पौडेलले भेलाको विधिवत उद्घाटन गर्नु भएको थियो । उद्घाटन मन्तव्यमा पौडेलले कलाकारहरुले भाषा, संस्कृतिको संरक्षण तथा भारत प्रवासमा जीवन बिताउन बाध्य भएका सम्पूणर् नेपाली दाजुभाई दिदी बहिनीहरूका नानी बाबुहरुलाई पनि विभागले जनताका जनवादी गीत संगीतबाट प्रभावित गरी संगठित गर्न सहयोग गर्दै आएको बताउनु भएको थियो ।
भेलामा कुल बहादुर थापा, भगवती कुँवर, चोभनाथ शर्मा, चन्द्रकान्त शर्मा, चन्द्र बहादुर थापा, केशमान नेपालीले आ-आफ्नो तर्फबाट शुभकामाना मन्तब्य ब्यक्त गरेका थिए ।
भेलाले जनक राज पौडेलको संयोजकत्वमा २६ सदस्यीय क्षेत्रीय साँस्कृतिक विभाग चयन गरेको छ । जसमा क्रमशः बालकृष्ण गायक, कस्तुरी थापा, कविता हमाल, प्रमिला कुँवर, पार्वती विके, ज्योति विके, मिलन खत्री, देबी विके, कमला विके, विष्णु विके, संझना श्रीस, टेक बहादुर विके, बल बहादुर विके राजेन्द्र विसी, जनक विसी, ज्योति कुमारी पहरी, गोरख केसी, सुर्य प्रसाद भुषाल, दान बहादुर पहरी, पूणर् बहादुर सुनार, किशोर शर्मा, कुमारी थापा, परमानन्द र गोपाल शर्मा चयन हुनुभएको छ ।
नयाँ निर्वाचित विभागलाई शब्दद्वारा बधाई तथा शुभकामना मन्तब्य केन्द्रीय कोषाध्यक्ष मदन शर्माले ब्यक्त गर्नुभएको थियो ।