
धर्मराज शर्मा
कोट्टयाम केरला, 06 नोबेम्बर 2022 का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितीको अन्तर्गत चेङ्गन्नुर एरिया समितिको भेला सम्पन्न भएको छ ।
भेलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सदस्य श्री भद्र बा थापाको प्रमुख अतिथ्यता रहेको थियो। कार्यक्रमको उद्घाटन मन्तब्यमा सम्बोधन गर्दै प्रवासी नेपालीहरुको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरबमय ईतिहास र देशको सामसामायीक राजनितिबारे प्रष्टाउदै मंसिर 4 गते हुन संघ र प्रदेश निर्वाचनमा बाम-लोकतान्त्रीक गठन्धनका उम्मेदवारहरुलाई र समानुपातिकमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई गिलास चिन्हमा मतदान गर्दै गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षताको रक्षा र प्रतिगमनलाई परास्त गर्नको लागि सबै नेपाली मतदाताहरुलाई आबाहन गर्नु भयो।
अर्काे वक्ता दक्षिण भारत क्षेत्रीय सदस्य तथा नगर सचिव मनोज जि.सि.ले संगठनको आवश्यकतालाई जोड दिदै भारत प्रवासमा आई पर्ने समस्या र देश र जनाको हक-हितको लागि क्रान्तिकारी राजनैतिक बिचारले लैस मूल प्रवाहलाई सकृयता पूर्वक बिकास र विस्तार गर्नु पर्छ भन्नु भयो ।
भेलाले राजेश चालिसेको अध्यक्षतामा 15 सदस्यीय चेङ्गन्नुर एरिया समिती गठन गरेको छ, जसमा उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष क्रमश अर्जुन पौडेल पुष्पादेवी शर्मा, लक्ष्मी रिमाल, देवी रिजाल अधिकारी र सदस्यहरुमा कृष्ण प्रसाद शर्मा, दिपक पौडेल, सुनिता चालिसे, रमा शर्मा, शिव प्रसाद सापकोटा, नर्मदा धिमिरे, दिल्लीराम शर्मा, जीवन पान्डे, मिना खत्री र प्रेम सिंह हुनुहुन्छ।
भेलो अध्यक्षता कृण प्रसाद शर्मा र संचालन पुष्पा देबि शर्माले गर्नु भएको थियो । भेलामा प्रमुख अतिथी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका क्षेत्रीय सदस्य भद्र बहादुर थापा अन्य अतिथीमा मनोज जिसि नगर समितीका देवी रिजाल अधिकारीको आथित्यता रेको थियो । ज्ञात-अज्ञात सहिदहरु प्रति एक मिनट मौनधारण पछि नर्मदा घिमिरेले उपस्थित जनसमुदायहरुलाई शब्दबाट स्वागत गर्नुभएको थियो भने नव निर्बाचित पदाधिकारीहरुलाई कार्यकाल पुर्ण सफलताको शुरूभकामना देवी रिजाल अधिकारीले दिनु भएको थियो।
















