धर्मराज शर्मा
कोट्टयाम (केरल), 07 नोबेम्बर 2022 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितीले प्रवासी नेपालीहरुको अभिवाकीय संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको 44 औं स्थापना दिवस कार्यक्रम सम्पन्न मनाएको छ।
प्रेम प्रसाद शर्माको अध्यक्षता र नगर सहसचिव दिल बहादुर रानाको संचालनमा अगाडी बढेको कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समितीका सहसचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा, क्षेत्रीय सदस्य एवं नगर सचिव मनोज जिसी, क्षेत्रीय सदस्य भद्र बहादुर थापा र क्षेत्रीय सांस्कृतिक विभाग सदस्य सम्झना श्रीस थापाको अतिथी आसन पछि न्याय र समानताको लागि जीवन अर्पण गर्नु हुने ज्ञात-आज्ञात सहिदहरु प्रति एक मिनट मौन धारण गरियो । उपस्थित जनमानसहरुलाई नगर समितिका गणेश परियारले शब्दबाट स्वागत गर्नु भयो ।
कार्यक्रममा वक्ताहरूले प्रवासी नेपालीहरुको गौरवमय ईतिहास बोकेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको स्थापना र उसले खेलेको भुमिकालाई औल्याउदै मूल प्रवाह प्रवासी नेपालीहरूको आन्दोलनको केन्द्र बिन्दु हुनुका साथै जनतालाई चेतना दिने विश्व बिद्यालय बन्न पुगेको वताउनु भयो । देशको तात्कालिन राजनितिकबारे प्रस्टाउदै मंसिर 4 गते हुने संघ र प्रदेशसभा निर्बाचनमा आम नेपाली जनसमुदायहरुलाई प्रत्यक्षमा वामलोकतान्त्रीक गठबन्धनका संयुक्त उम्मेदवारहरु समानुपातिकमा राष्ट्रिय जनमोर्चालाई गिलास चिन्हमा मतदान गरि बिजयी गराउन पर्ने आजको आवश्यता भएको भन्दै धेरै भन्दा धेरै कार्यकर्ताहरूलाई निर्वाचनमा स्वदेश जान अपिल गर्नु भएको थियो ।
मूल प्रवाहको ४४ औ स्थापना दिवस कार्यक्रमलाई श्रीप्रसाद थापा भिम बहादुर जि.सी, सेते तामाङ्गले सम्बोधन गर्नु भएको थियो।