चिदम्बरम मूल प्रवाहको 44 औं स्थापना दिवस सम्पन्न

चिदम्बरम, 7नोभेम्बर 2022, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको आयोजनमा 44 औं एकता समाज स्थापना दिवस सम्पन्न भएको छ।

सुर्यमान गिरीको अध्यक्षता र गोकुल बहादुर गायकको उदघोषणमा सम्पन्न स्थापाना दिवश समारोहमा प्रमुख अतिथि केन्द्रीय सदस्य बालाकृष्ण गायक र अतिथि क्षेत्रीय सदस्य नारायण शर्माको अतिथि आसनग्रहण पश्चात सहिदहरु प्रति एक मिनेट मौनधारण गरी अघि बढेको कार्यक्रममा उपस्थित सम्पूर्ण जनसमुदायहरूलाई शब्दद्वार खेम कुमारी जिसीले स्वागत गर्नु भएको थियो।

प्रमुख अतिथि बालाकृष्ण गायकले विचार मन्तव्य राख्दै भन्नु भयो- आज एकता समाजको 44 औं स्थापना दिवसमा सहभागी हुन पाउदा हामी अत्यन्तै गौरवान्वित भएका छौं। भारतस्थित नेपालीहरुलाई आफ्नो अधिकार खोज्न, सङ्गठित हुन र परिवर्तनको बाटोमा अघि बढ्ने प्रेरणा एकता समाजकै हो। एकता समाजकै लक्ष्य र उद्देश्यमा आवद्ध भएकै कारण भारत प्रवासका नेपालीहरुमा नयाँ चेतना र विचारको विकास भएको हो। संगठनकै कारण भारतस्थित प्रवासी नेपालीहरु देशको राजनैतिक आन्दोलनमा समेत सरिक बन्न सकेको स्पष्ट पार्नु भयो। तर यति बेला केही अनुसासनविहिन र अराजकहरुले एकता समाजकै नामबाट फुटपरस्त गतिविधि सञ्चालन गरिरहेका हुदा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरू फुटपरस्त तत्वहरुलाई परास्त गर्दै नयाँ गतिले अघि बढ्नु पर्ने विचार राख्नु भयो।

कार्यक्रमका अथिति क्षेत्रीय सदस्य नारायण शर्माले आफ्नो विचार मन्तव्य राख्दै- एकता समाज भारत स्थित प्रवासी नेपालीहरुको विश्वविद्यालय हो । यहि विश्वविद्यालयको शिक्षा र ज्ञानले नै आज हामी सामाजिक र राजनैतिक परिवर्तनको दिशामा अघि बढ्न सकेका हौं भन्नु भयो। भारतमा स्थापना भएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आज विश्व भरिका नेपालीहरु माझ पुगेकोमा खुसी र गौरव महसुस भएको बताउदै आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूलाई विजय गराउन स्वदेश जान र आम जनतामा चुनावको प्रचारत्मक अभियान लैजान आजको स्थापना दिवस कार्यक्रमले थप भूमिका खेलेको धारणा राख्नु भयो।

उक्त स्थापना दिवस कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नेहरुमा मूल प्रवाह नगर समितिबाट हेम बिजी, विद्यार्थी विभागबाट विक्रम जिसी र महिला विभागबाट लिला गायक हुनु हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार