चेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिको आयोजनामा ७ नोभेम्बर २०२२ का दिन ४४औं स्थापना दिवस भब्य रुपमा सम्पन्न भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष श्री बुद्धिराम पौडेलको अध्यक्षता र क्षेत्रीय बैकल्पिक सदस्य तथा चेन्नई पश्चिम नगर समितिका सचिव किशोर शर्माको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य केशमान नेपाली हुनुहुन्थ्यो । ज्ञात-अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पश्चात प्रकाश नेपालीले स्वागत गर्नुभएको थियो ।
सन् १९७९ नोभेम्बर ७ मा भारतको पर्यटकीय स्थल बनारसमा स्थापना गरिएको एकता समाज आज ४४औं बसन्त पार गर्दै अनेकौं किसिमका उतार चढाव, अवसरवादीहरूका जालझेल एवं प्रकारका फुटपरस्त गतिबिधिका बावजूद निर्धक्कसँग भारतब्यापि रुपमा एकता प्रेमी नेपालीहरुलाई गोलबन्द गर्दै भारत अधिराज्यभरी मूल प्रवाह एकता समाज नेपालीहरुको अभिभावकिय संगठनको रूपमा स्थापित भएकोमा आफु गौरवान्वित भएको बताउनु भएको थियो । शुभकामना दिने अन्य बक्ताहरुमा जितेन्द्र नेपाली, देवी नेपाली, महिला बिभाग चेन्नई पश्चिम कि, चन्द्रीका पौडेल, कमला शर्मा, कमला नेपाली, कुशल नेपाली, हिरा नेपाली, निरु नेपाली, कल्पना नेपाली लगायत हुनुहुन्थ्यो। अन्त्यमा पदममाया नेपाली द्वारा बधाई सहित कार्यक्रमका अध्यक्षद्वारा ४४औं स्थापना दिवस कार्यक्रम समापन गर्नु भएको थियो ।