कबिता
विष्णु शर्मा पाण्डेचेरी
झुटको महल त्यागी फर्क मुल धारमा
तिमीले आर्थिक र भौतिक सामाग्री हत्यायौ
सकेनौं आस्था अनि दृढ बिस्वास हत्याउन।
त्यसैले त हामी सफल भयौं हेरन
तिम्रो झुटको महल भत्काउन।।
तिमिलेे अनेकौ षड्यन्त्र गरेर
हामीलाई झन् खारिने मौका दियौं ।
तिम्रो दिमागको उपज होइन यो सब
बुर्जुवा संस्कार सापटी पो लियौ।।
तिम्रो भ्रमको महलले आराम त गरेको थिएन
कडा मिहिनेत गरेकै थियो दिन अनि रात।
अब त बुझ्नुपर्ने तिमीले छिपछिपे र सतही बन्दा
केबल शून्य लाग्ने रहेछ हात।।
तिमीलाई के अपुग भयो कुन्नी ?
अभिभावक त हामी तिमीलाई नै मानेका थियौ ।
मार्क्सवाद, लेनिनबाद, माओत्सेतुङ बिचारधारालाई
पथप्रदर्शक सिद्धान्त मानौला भन्ने ठानेका थियौ ।।
हामीसंग त बाचा गर्थ्यौ पाइला पाइलामा
उत्पिडीतहरुको मुक्ती मिल्नेछ भनी।
अहिले आइ प्रतिगामीहरुसंग साठगाठ गर्दैछौ
वास्तबिकता जानेर हो या नजानी।।
साच्चै गरिखाने वर्गको मुक्ति चाहन्छौ भने
महत्वकांक्षी र पदलोलुपता प्रबृती त्यागी फर्क मुल धारमा
तिमी सुध्रेर आए स्वागत हुन्छ तिम्रो जन्मेको घरमा।