धर्मराज शर्मा
कोट्टयाम केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले दुबै मृगौला पिडित लाई सहयोग सँकलन गरि हस्तान्तरण गरेको छ।
नेपाल बाग्लुङ नगरपालीका १२ अमलाचौर स्थाई बासिन्दा दण्ठे कामी बर्ष ६९ का दुबै मृगौलाले काम नगरेर कोट्टयाम मेडिकल कलेजमा लामो समय देखि उपचार गराई रहेका थिए ।
घर परिवारको दयनिय अबस्था रहेको कारण अगाडिको डयालिसिस गर्न असमर्थ भएको हुँदा र कोट्टयाम नगर समितिलाई केही सहयोग गरिपाउ भन्ने निबेदन प्राप्त भएपछि बिषय बस्तुको छानबिन गरि सत्यभएको ठहरे पछि नगर समितिको पहलमा भारु 46101/- छ्यालिस हजार चार सय एक (73,761/-नेपाली रुपीयाँ तिरहत्तर हजार सात सय एकसठ्ठी मात्र) सहयोग संकलन गरि नगर सचिव मनोज जिसी बुद्विमान नेपाली गणेश परियारको उपस्थितिमा पिडत र परिवार जनको रोबहरमा उक्त रकम हस्तान्तरण गरेको छ ।