धर्मराज शर्मा
कोट्टयाम केरला, ३ अप्रिल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तर्गत पर्ने कटपन्न एरिया समितिले एक बालिकालाई आर्थिक सहयोग गरेको छ।
एरिया अध्यक्ष राम बहादुर केसीको पहलमा जैमिनि नगरपालिका ३ दमेक निवासी भिम क्षेत्री र सकुन्तला क्षेत्रीका छोरी समृद्वि क्षेत्री बर्ष नौ कि नाबालिका कलेजोको ट्युमर रोगले ग्रस्तित भई देशबाट दिल्ली स्थित एक अस्पतालमा उपचार गराई रहेकि छिन् ।
उनको पारिवारिक अबस्था अत्यन्तै दयनिय भएको कारणले गाउँका ईष्टमित्र, छर छिमेकिहरुसँग आर्थिक सहयोग जुटाईदिन अनुरोध गरेको हुँदा उक्त अनुरोधलाई मूल प्रवाहको कटपन्ना एरिया समितिले एरिया स्तरिय कार्यकर्ताहरु बीच आर्थिक संकलन गरि बालिका क्षेत्रीलाई हस्तान्तरण गरिएको हो । चौध हजार भारु. (१४०००/-) बैंक मार्फत हस्तान्तरण गरिएको एरिया अध्यक्ष राम बहादुर केसीले हामीलाई जानकारी दिनुभएको छ ।