धर्म पहरी,
बैंगलोर । यही ४ अप्रेल २०२३ का दिन नेपाल घर छबिस पाथीभरा गापा २ मण्डी मेल्लक वझाङ प्रदेश नोम्बर ७ सुदुर पश्चिमका परु दमाईका छोरा वर्ष ३३ का राजेश दमाईको बैंगलोरको विजय नगर चन्द्र लेआउटमा ८ सालदेखि प्राइभेट सेक्टरमा काम गर्दै आएका थिए ।
१ अप्रेल २०२३ का दिन साँझ ७ः३० बजे डिउटीबाट घर आउने क्रममा आफ्नो दुपैया (बाइक) अटोसँग अक्सिडेन्ट भएकोले नजिकको हस्पिटलमा पुर्याउँदै गर्दा डाक्टरले मृत घोषणा गरेका थिए ।
घर परिवार र आफन्तजन लगायत मूल प्रवाह अखिल भारत नेपाली एकता समा दक्षिण भारत क्षेत्रीय समितिका उपाध्यक्ष दशरथ बिक र कार्यकर्ताहरुको रोहबरमा २ अप्रेल २०२३ का दिन विक्टरिया हस्पिटलमा सरकारी प्रकृया पुरा गरि पोस्ट मार्टम पश्चात ३ अप्रेल २०२३ बैंगलोरस्थित सुमुनहल्ली समसांघाटमा दाहंस्कार गरिएको छ ।