मूल प्रवाहद्धारा गुडगावमा संगठन विस्तार

गुरुग्राम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत गुरुग्राम नगर समितिद्वारा सञ्चालित पुर्बी एरिया समिति अन्तर्गत एमजी रोड टोल समितिको प्रथम भेला सम्पन्न भएको छ । सुदिप केसीको सञ्चालन, श्रीमती बिपना केसीको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा क्षेत्रीय समितिबाट कमल रायमाझी, गुरुग्राम नगर समिति विद्यार्थी बिभागबाट लक्ष्मी केसी लगायतले अतिथि आसन ग्रहण गर्नु भएको थियो ।

एक मिनेट मौनधारण पछि स्वागत मन्तव्य श्रीमती सुनिता पहेबीले गर्नु भएको थियो । उक्त भेलाको मोमबत्ती प्रज्वलित गरि कमल रायमाझीले उद्घाटन गर्नुभएको थियो । भेलाले कृष्ण केसीको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ । जसमाः सचिब- सुदिप केसी, कोषाध्यक्ष- श्रीमती सुनिता पहेबी, सदस्यहरुमाः श्रीमती बिपना केसी, श्रीमती गिता अधिकारी, कुल बहादुर सारु र श्रीमती भबी रहनु भएको छ । भेला २३ फरवरी २०२३ का दिन सम्पन्न भएको थियो ।

त्यस्तै २८ फरवरीका दिन सोही नगर समिति अन्तर्गत सेक्टर ५७ टोल समितिको पुनर्गठन भेला गरिएको छ । श्रीमती रमा रेस्मी मगरको अध्यक्षता र श्रीमती दुर्गा केसीको सञ्चालनबाट अगाडि बढेको सो भोला अगाडि बढेको थियो । ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पछि क्षेत्रीय सदस्य कमल रायमाझीले एकता समाज बारे स्पष्ट पार्नुभएको थियो ।

भेलाले श्रीमती रमा रेस्मी मगरको अध्यक्षतामा ७ सदस्यीय टोल समिति गठन गरिएको छ । जसमाः सचिव- श्रीमती तारा खनाल, कोषाध्यक्ष श्रीमती दुर्गा केसी, सदस्यहरुमा ः श्रीमती – अमृता रेस्मी मगर, श्रीमती – माया घर्ती मगर, श्रीमती- लक्ष्मी बलाल, श्रीमती- दिपिका बुदाथोकी र श्रीमती लक्ष्मी बलाल रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार