कृष्ण पचभैया
भोपाल, ९ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भोपालको आयोजनामा मध्य उत्तर भारतको छैठौं क्षेत्रीय सम्मेलनको प्रचारात्मक भेला सम्पन्न गरियो ।
अध्यक्ष खनालले भेलालाई सम्बोधन गर्दै- सबैले भोग्दै आएको विषय हो, भारतमा हामी नेपालीहरू अपहेलनाको शिकार मात्रै हैन, सिमानादेखि नै विभिन्न घटनाहरूको समाना गर्नु परेको बताउनु भयो । ‘बोर्डर चेकिंग पोस्ट, बस अड्डा, रेल स्टेशन, यात्राको दौरान, बजार र कार्यास्थल आदीमा नेपालीहरूलाई अपमानित गर्ने, लुटपाट गर्ने गरेका घटनाहरू भईरहेका छन् । १९५० को संधिले दिएको अधिकार समान हक, अधिकारको उल्लंघन भएको छ ।’ खनालले भन्नु भयो- ‘लामो समयसम्म नोकरी गरेकाहरूलाई डोमिसाईल सर्टिफिकेट र इलिजीविटी सर्टिफिकेट बहानामा पक्का नगर्ने र नोकरीबाट निस्काशन गरेका घटनाहरू समेत भएका छन् ।’
अहिले आधार-कार्ड प्रत्येक कार्यको लागि अनिवार्य बनाइएको छ, त्यसको अभावमा जीवनयापनको लागि गर्नु पर्ने कार्यहरू मोबाईल फोन कनेक्सन, बच्चाहरूको स्कुल भर्ना, ड्राईविङ लाईसेन्स, बैंक खाता, नोकरी ज्वानिङ, यात्रा, यहाँसम्म की बिमारी हुँदा अस्पतालमा उपचारको लागि समेत समस्या पर्ने गरेको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले यसका विरूद्ध न्यायीक तथा सामाजिक राजनैतिक संघर्ष गरि रहेको छ । नेपालका राजनैतिक दलहरू प्रवासी नेपालीहरूको समस्याबारे उदाशिन रहेको अध्यक्ष खनालले बताउनु भयो ।
‘सत्तालोलुपताको कारणले पुर्खाले रगत बगाएर बचाएको राष्ट्रियता, जनताको बलिदानीपूणर् आन्दोलनको बलमा स्थापित गणतन्त्र, संबिधान र धर्म निरपेक्षतालाई समेत खतरामा पुर्याएका छन् ।’ खनाले बताउनु भयो- ‘राजावादी, राष्ट्रघाती, संदिग्ध नागरिक लगायत सबै एक भएकाछन् । यो अवस्थामा राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षाको लागि देशभक्त जनतान्त्रीक शक्तीहरू एक भई विभिन्न खाले रास्ट्रघाती, प्रतिगामी, महत्वकाक्षी, अवसरवादी, दक्षिणपंथीलगायत सबै प्रकारका खराब राजनैतिक बिचारका विरूद्ध संर्घष गर्दै नेपालमा आमुल परिवर्तनको लागि अगाडि बढनुको विकल्प छैन ।’
उक्त भेला नगर समिति उपाध्यक्ष्य अर्जुन जिएमको अध्यक्ष्यतामामा सम्पन्न भएको थियो । भेलामा केन्द्रीय समितिका सदस्य ताल बहादुर खड्का, मध्य भारत क्षेत्रीय समिति अध्यक्ष्य नारायण सापकोटा, क्षेत्रीय समिति सदस्य रमेश रानाको आतित्थ्यता रहेको थियो । त्यस्तै भोपाल नगर एरियाका विभिन्न टोल एवं बिभागहरुबाट उपस्थिति रहेको थियो ।