पुना पुर्व नगर समिति अन्तर्गत विमान नगर एरिया भेला सम्पन्न

पुना, १६ अप्रील । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समितिद्धारा सञ्चालित पुना पुर्व नगर समिति अन्तर्गत मूल प्रवाहको छैटौं मध्य पश्चिम भारत क्षेत्रीय सम्मेलनको प्रचार प्रसचार एवं संगठन विस्तार गर्ने दौरानमा भेला सम्पन्न भएको छ । रामजी विकको अध्यक्षता, धन बहादुर विकको सञ्चालन, शहिदहरुको सम्मानमा १ मिनट मौनधारण र जनक भुलको स्वागत मन्तब्यबाट अगाडि बढेको थियो ।

उक्त भेलाको उद्घाटन केन्द्रीय समितिका उपाध्यक्ष प्रेम पौडेलले गर्नुभएको थियो । उक्त भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले मूल प्रवाहको स्थापना गर्नुपरेको कारण, बिगत ४३ बर्ष देखिएको मूल प्रवाहको इतिहास, यसले अहिलेसम्म भारतस्थित नेपालीहरुको बीचमा खेलेका महत्वपूणर् भूमिका, नेपालीहरु जिबीका कै लागि बिदेश पस्नु परेको समस्या र त्यसको स्थायी समाधानको उपाय लगायतका विषयमा प्रष्ट्यानु भएको थियो ।

‘जबसम्म मेहनत गरेर गुजारा गर्ने शक्ती स्वयं संगठित बनेर आफ्ना अधिकार प्राप्तिका लागि सशक्त आन्दोलनको नेतृत्व गर्दैनन्, मेहनतकश जनताको हकहित र अधिकारको प्रतिनिधित्व गर्ने शासन ब्यबस्था नेपालमा स्थापना गर्न सकिंदैन, त्यति बेलासम्म श्रमजिवीहरुको अबस्थामा कुनै परिबर्तन नआउने आउँदैन ।’ नेता पौडेलले भन्नु भयो- ‘मूल प्रवाहले एकातिर भारतमा कार्यरत नेपालीहरुका हकअधिकार, सुरक्षा अधिकारको बारेमा स्वयं नेपालीहरुलाई संगठित गरेर संघर्ष गर्दै आएको छ भने, अर्कोतर्फ देशमा गास, बास, कपास, शिक्षा, स्वास्थ्य र अधिकारको प्रत्याभूति गर्न सक्ने गरिब दुःखी जनताको राज्यसत्ता निर्माण गर्न आफ्नो संगठनको विस्तार कार्यमा महत्वपूणर् भूमिका निर्वाह गर्दै आएका छन् ।’

उक्त भेलाले छैटौं मध्य पश्चिम भारत क्षेत्रीय सम्मेलन भब्य रुपमा सम्पन्न गर्न आर्थिक संकलन, प्रचार-प्रसार र पुनामा मूल प्रवाहको सश्क्त संगठन निर्माण गर्ने प्रतिबद्धता सहित मूल प्रवाहको बिमान नगर एरिया समिति पुनर्गठन गरी प्रकाश जेठाराको अध्यक्षतामा २५ सदस्यीय बिमान नगर एरिया समिति पुनर्गठन गरेको छ । जसमाः उपाध्यक्ष- चक्र बहादुर विक, सचिव- दिलीप विक, सहसचिव- अरुण ताम्राकार, कोषाध्यक्ष- रामजी विक र सदस्यहरुमा क्रमशः लक्ष्मण विक, जनक भूल, रोहित शर्मा, कारन विक, देब बहादुर विक, खडक विक, सागर भूल, बाजी विक, दीप बहादुर विक, विजय विक, गंगाराम विक, प्रेम रावत, करन बहादुर विक ॅवि’, डबल भूल, राहुल विक, उज्जल भूल, गोपाल रावत, गणेश भूल, दीपक विक ॅबी’ र मिन बहादुर बिक रहनुभएको छ ।

उक्त भेलामा क्षेत्रीय सदस्य धन बहादुर विकले नयाँ समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार