चिदम्बरममा अमेरिकी साम्राज्यवाद विरुद्ध ऐक्यवद्धता सभा

हेम बिजी,

चिदम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले चिदम्बरममा अमेरिकी साम्राज्यवादविरुद्ध सभाको आयोजना गरेको छ । राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा आयोजन गरेको अमेरिकी साम्राज्यवाद विरुद्ध कार्यक्रमको समर्थन मूल प्रवाह चिदम्बरम नगर समितिले सभा गरेको हो ।

कार्यक्रमका प्रमुख अथिति मूल प्रवाहका केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्माले नेपालको राष्ट्रियतामाथि अमेरिकी साम्राज्यवादको खतरा गम्भीर रुपमा बढ्दै गएको बताउनुभयो । उहाँले आफ्ना साम्राज्यवादी नीति लागू गराउन रवि लामिछानेको कथित राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गराएको विचार व्यक्त गर्नु भयो।

विरोध सभामा मूल प्रवाहका केन्द्रीय सदस्य बालाकृष्ण गायकले अमेरिकी साम्राज्यवाद विरुद्ध राष्ट्रप्रेमी नेपालीहरु सचेत भएर संघर्ष गर्नु पर्नेमा जोड दिनुभयो । केन्द्रीय परिषद सदस्य हेम बिजीले पनि कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो।

नारायण शर्माको अध्यक्षता र गोकूल बहादुर गायकको सञ्चालनमा अघि बढेको कार्यक्रममा चन्द्र बहादुर केसीले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार