निलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समिति अन्तर्गत महिला बिभागको दोस्रो भेला र साँस्कृतिक विभागको आठ्ठौ भेला सयुंक्त रुपमा सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य जनकराज पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न सो भेला मिना हमालले सञ्चालन एवं बलबहादुर विकको अध्यक्षताबाट अगाडि बढेको थियो । भेलामा क्षेत्रीय समितिबाट चन्द्र प्रसाद पौडेल, भिमलाल शर्मा, बिरे थापा, टेकबहादुर विक, क्षेत्रीय प्रतिनिधि जगत बहादुर हमाल, नगर समितिबाट लोकेन्द्र विक, जनजाति क्षेत्रीय बिभागबाट लाल बहादुर थापा, बिद्यार्थी क्षेत्रीय बिभागबाट कस्तुरी थापा, खेल कुद विभागबाट मधु खनालको आतित्थ्यता रहेको थियो । शहिदहरुप्रति एक मिनेट मौनधारण पछि कलाकारहरुले साँगितिक कोशेलीद्धारा स्वागत गरेका थिए र त्यस्तै मन्तव्यबाट लक्ष्मी विकले स्वागत गर्नुभएको थियो ।
प्रमुख अतिथि जनकराज पौडेलले दिप प्रज्वलित गरि उद्घाटन गर्नुभएको थियो । उद्घाटन मन्तव्यमा पौडेलले महिला बिभाग र साँस्कृतिक विभाग एवं नेपालको तत्कालीन राजनीतिक बिषयहरुमा प्रस्ट्याउनु भएको थियो ।
कार्यक्रममा क्षेत्रीय सदस्य चन्द्र प्रसाद पौडेलद्धारा महिला बिभागको र साँस्कृतिक बिभागको घोषणा गर्नुभएको थियो । महिला विभागमा संयोजक : लक्ष्मी विक, सदस्यहरुमाः रुपा थापा, मिना हमाल, सिता नेपाली, गिता सुन्दास, रेखा थापा, लक्ष्मी परियार, लिला राना, जुना कुमारी विक, जुना माया परियार, गोपि परियार, पार्वती परियार र एक स्थान रिक्त रहेको छ ।
त्यस्तै साँस्कृतिक विभागमा संयोजक : बल बहादुर विक, सदस्यहरुमाः टेकबहादुर विक, मिना हमाल, सिता नेपाली, लक्ष्मी विक, कस्तुरी थापा, सबिता हमाल, धन सुन्दास, सन्दिया सुन्दास, सन्जिता सुन्दास, सरुनियाँ परियार, जुना कुमारी विक र मधु खनाल रहनुभएको छ ।
महिला विभागबाट लक्ष्मी विक र साँस्कृतिक विभागबाट बल बहादुर विकले सिंगो बिभागको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
टेकबहादुर बिक, कस्तुरी थापा, मधु खनाल, धन सुन्दासले वधाई तथा शुभकामना दिनुभएको थियो ।