छैठौं पूर्वी भारत क्षेत्रीय सम्मेलन सम्पन्न
भूवनेश्वर, २७-२८ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्बी भारत क्षेत्रीय समितिको छैंठौं सम्मेलन ओडीसाको राजधानी शहर भुवनेश्वरको रोटरी क्लबमा सम्पन्न भएको छ ।
हेमकुमार थापाको अध्यक्षता र गिरीराज परियारको सञ्चालनबाट अगाडि बढेको उद्घाटन समारोहमा केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै केन्द्रीय उपाध्यक्ष कपिल खनाल र केन्द्रीय प्रतिनिधि समर माझीको पनि आतित्थ्यता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई विष्णु श्रीनेतले स्वागत गर्नुभएको थियो ।
सम्मेलनको विधिवत उद्घाटन केन्द्रीय अध्यक्ष ठाकुर खनालले गर्नुभएको थियो । ‘संगठन कम्जोर रह्यो भने, त्यसले सिंगो संगठनको गरिमा र विरोधीको बीचमा पनि अस्तित्वको समस्या हुन्छ ।’ अध्यक्ष खनालले भन्नु भयो- ‘भारतस्थित नेपालीहरुका बीचमा सामाजिक र राजनैतिक दुबै प्रकारले “मूल प्रवाह”ले नै एकता समाजको गरिमालाई सम्बोधन गर्दै आएको छ । यदि कसैले “मूल प्रवाह” गतिलाई रोक्न खोज्छ भने उनीहरुको नै अस्तित्व समाप्त हुन्छ ।’ कसैले पनि मूल प्रवाहको छविलाई धुमिल्याउन नसक्ने खनालको भनाई थियो- ‘अराजक र महत्वाकांक्षीहरुले आफ्नो आकांक्षा पूरा गर्न आफूलाई जे-जे भन्ने गरेता पनि उनीहरुको वास्तविकता अराजक र महत्वाकांक्षी नै हो ।’
‘२००२ मा सम्पन्न पाचौं अखिल भारत सम्मेलनद्धारा तात्कालिन अखिल भारत नेपाली एकता समाजको पछाडि मूल प्रवाह थप्ने निणर्य भएको थियो तर प्रशासनिक समस्याका कारणले “मूल प्रवाह” अगाडि आयो ।’ खनालले भन्नु भयो- ‘त्यसैलाई निरन्तरता दिंदै छैठौं (फरीदावाद), सातौं (लखनऊ) र आठौं २७-२८ फरवरी १ मार्च २०२२ मा (फरीदावाद) अखिल भारत सम्मेलन सम्पन्न भईसकेका छन् ।’
आठौं अखिल भारत सम्मेलनद्धारा निर्वाचित केन्द्रीय समितिले भारतस्थित नेपालीहरुको हकमा धेरै जिम्मेवारीहरु निर्वाह गरिसकेको अध्यक्ष खनालले भन्नु भयो । खनालले आठौं अखिल भारत सम्मेलनद्धारा निर्वाचित केन्द्रीय समितिले अखिल भारतस्तरमा क्षेत्रीय सम्मेलन अभियान पनि सम्पन्न पारिसकेको कार्यकर्ताहरुलाई बताउनु भयो । केन्द्रीय उपाध्यक्ष कपिल खनालले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
विजय कुमार लामाको अध्यक्षता र रेकम जीसी सञ्चालन गर्नुभएको थियो, प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय अध्यक्ष ठाकुर खनाल, केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य हेम कुमार थापा, गिरीराज परियार, केन्द्रीय प्रतिनिधि सम्बर माझी, रक्तिमका केन्द्रीय विभागका पहल सिंह परियार, बिद्यार्थी केन्द्रीय विभागका अजय रेश्मी लगायतको आतित्थ्यता रहेको थियो । घोषणा सभामा सहभागिहरुलाई विष्णु श्रीनेत र कलाकारहरुले स्वागत गर्नुभएको थियो ।
छैंठौं सम्मेलनले अध्यक्ष हेम कुमार थापा (कटक), उपाध्यक्ष- विजय कुमार लामा (भुवनेश्वर) सचिव- गिरीराज परियार (भुवनेश्वर), सहसचिव- धन बहादुर भुसाल (कोलकत्ता), कोषाध्यक्ष विष्णु श्रीनेत (कटक) सदस्यहरुमा क्रमशः सम्बर माझी (कटक), शिब कुमार सुतार (कटक), इन्द्र बहादुर थापा (राँची), शशिकला जिसी (भुवनेश्वर), चन्द्र बाकाबल (कटक), रञ्जु माझी (सम्बलपुर), जंग बहादुर सुनार (फुलबानी), जापान सिंह थापा (जाजपुर), रेकम जीसी (भुवनेश्वर), एक स्थान रिक्त, वैकल्पिक सदस्यहरूमा क्रमशः प्रशु राम ल्याओ मगर (भुवनेश्वर), शिवराज काफ्ले (बरहमपुर), बिन्दा लामा (कोलकत्ता), चुमन लाल भण्डारी (राँची) र नर बहादुर बिक (कटक) रहनुभएको छ । त्यस्तै सम्मेलनले थमन जिसी (भुवनेश्वर), बिष्णु ज्ञावली (बरहम्पुर), सुबान सिंह माझी (पुरी), हेमनाथ शर्मा झारर्सगुडा र प्रदीप सुबेदी (राँची)लाई सल्लाहकार चयन गरेको छ । १५ पुणर् ५ वैकल्पिक र ५ सल्लाहकार गरि २५ सदस्यीय पुर्बी भारत क्षेत्रीय समितिको घोषणा केन्द्रीय उपाध्यक्ष कपिल खनालले गर्नुभएको थियो ।
नवनिर्वाचित समितिलाई स्थानियतहबाट कौशल्या परियार, केन्द्रीय अध्यक्ष ठाकुर खनालले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रमको अन्तमा रक्तिमका कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।