प्रचण्ड सरकारले साम्राज्यवादी शक्तिलाई खुशी पार्ने काम गरेको छ : खनाल

नयाँ दिल्ली, ४ जुन । साम्राज्यवादी शक्तिहरुले विश्वका विकाशोन्मुख देशहरुलाई आफ्नो अनुकुलतामा प्रयोग गर्दै गइरहेको परिस्थितिमा नेपाल सरकारले विदेशीहरुलाई फाइदा पुग्ने गरि नागरिकता विधेयक पारित गरेर साम्राज्यवादी शक्तिहरुलाई खुशी बनाउने काम गरेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले बताउनु भएको छ । खनालले सो धारणा समाजको पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा सम्पन्न विरोध सभालाई सम्बोधन गर्दै राख्नु भएको हो ।

“साम्राज्यवादी शक्तिहरुले विश्वका विकाशोन्मुख देशहरुलाई आफ्नो अनुकुलतामा प्रयोग गर्दै गइरहेका छन्’ अध्यक्ष खनालले भन्नु भयो- ‘देशको विषम परिस्थिति पारेर नेपाल सरकारले विदेशीहरुलाई फाइदा पुग्ने गरि राष्ट्रघाती नागरिकता विधेयक पारित गरेर साम्राज्यवादी शक्तिहरुलाई खुशी बनाउने काम गरेको छ ।’

‘भारतको नवउद्घाटित संसदमा सिंगो नेपाललाई नै गाभेर “अखण्ड” भारतको नाममा नक्शा झुण्डाइएको छ, भारतको त्यो कदमले नेपालको सार्वभौमिकता माथि त हमला गरेको छ नै, त्यसको साथसाथै छिमेकी देशहरुसँगको मैत्रिकतालाई तिक्तमा बढवा दिएको छ ।’ खनालले भन्नु भयो- ‘छिमेकी देशले छिमेकीको भूमिका निर्वाह गर्नुपर्नेमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने कार्य अत्यन्तै निन्दनी भएकोले त्यसको व्यापक विरोध गर्नु पर्ने आवश्यकता छ ।’

कार्यक्रमका समाजका केन्द्रीय सचिवालय सदस्य धनवीर पुन, केन्द्रीय सदस्य विक्रमसिंह राणा, बाबुराम विष्ट, केन्द्रीय सल्लाहकार विन बहादुर कुँवर, राम बहादुर गौतम, केन्द्रीय समता विभागका राम बहादुर विक, महिला विभागकी लक्ष्मी खडायत, साँस्कृतिक विभागका पहलसिंह परियार लगायतले आतित्थ्यता एवं मन्तव्य दिनुभएको थियो ।

रक्तिमका कलाकारहरुले स्वागत गित एवं क्षेत्रीय समितिका कोषाध्यक्ष रामप्रसाद घिमिरेले स्वागत मन्तव्य दिनुभएको सो कार्यक्रमको अध्यक्षता क्षेत्रीय अध्यक्ष शालिकराम आचार्यले र सञ्चालन क्षेत्रीय सचिव शिव केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार