कानपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कानपुर नगर समिति अन्तरगत फजलगन्ज एरिया समितिको भेला सम्पन्न भएको छ । खेम बहादुर केसी, सरद केसी र शिव बहादुर बिकको सक्रियतामा सो एरिया समिति गठन गरियो हो ।
भेलामा नगर समिति अध्यक्ष वीर बहदुर जिसी र क्षेत्रीय समितिका सहसचिव लोक बहादुर गुरुङको विशेष उपस्थिति रहेको थियो । भेलाले शिव बहादुर विकको अध्यक्षतामा नयाँ फजलगञ्ज एरिया समिति चयन गरिएको छ । जसमाः उपाध्यक्ष- अमर सिंह, सचिव- सरद केसी, सहसचिव- लक्ष्मी राई, कोषाध्यक्ष- आरती पुन थापा रहनुभएको छ । त्यस्तै भेलाले बिजय बहादुर, बसन्ती देबि, सन्तोस राईमाजी, शिव बहादुर बिष्ट, सञ्जय राईमाजी रहनुभएको छ । त्यस्तै भेलाले जोति पुन र खिम बहादुर केसलाई सलाहकार चयन गरेको छ ।