धर्मराज शर्मा
चेन्नई पूर्व । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तरगत चेन्नई पूर्व नगर समितिले राष्ट्रघाति एमसीसी खारेजिको माग गर्दै बिरोध सभा सम्पन्न गरेको छ ।
सुर्य प्रसाद भुसालको सञ्चालन र प्रथम बहादुर रोकाको अध्यक्षताबाट अगाडि बढेको सो बिरोध सभाहलाई केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापाले राष्ट्रघाती एमसीसी अमेरिकी साम्राज्यबादको गुरुयोजना अनुसार नेपाललाई रण मैदान बनाउने उदेश्यले आएको बताउनु भयो । ॅदेशका सत्ताधारी पक्षलाई कठपुतलि बनाउँदै नेपालमा आफ्नो प्रभूत्व कायम गर्दै साम्राज्यबादी उदेश्य पूरा गर्ने र नेपाललाई आफ्नो कब्जामा लिएर चीनलाई हमला गर्ने गुरुयोजना हो’ नेता थापाले भन्नु भयो- ॅअब नेपाली जनताले यस्ताखाले राष्ट्रघाति सम्झौताहरुका बिरुद्व संघर्ष गर्नुको बिकल्प छैन ।’
पुर्व नगर समितिका सचिव टिका थापा, महिला बिभागका सदस्य रिता भुसाल, राजमो कालिगण्डकीका कोषाध्यक्ष साथै वडा नम्बर चारका जनप्रतिनिधि अशोक पुनको अतित्थ्यता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई बाबुराम सापकोटाले शब्दबाट स्वागत गर्नुभएको थियो ।