उत्तर बैङ्गलोरमा मूल प्रवाहको तिजी कार्यक्रम

बैङ्गलोर । भारतको उत्तरी बैङ्गलोरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा तिजी कार्यक्रम सम्पन्न भएको छ । नगर महिला विभाग को आयोजनामा सेप्टेम्बर १७, २०२३ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।

“गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता र एमसिसी खारेज गरौँ” नाराका साथ सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव जनकराज पौडेल हुनुहुन्थ्यो ।

कार्यक्रममा केन्द्रीय सदस्य भीमबहादुर थापा, अन्तर्राष्ट्रिय एकता समाजका पूर्व सदस्य जयबहादुर विक, क्षेत्रीय सदस्य तथा उत्तर नगर समितिका अध्यक्ष धर्म पहरी, बैङ्गलोर उत्तर नगर समितिका उपाध्यक्ष तथा क्षेत्रीय सदस्य ओमबहादुर दाहाल, उत्तर नगर समितिका सदस्य किशोरकुमार विकको पनि आतिथ्य रहेको थियो ।

महिला विभागकी संयोजक दुरा पहरीको अध्यक्षता तथा उत्तर नगर समितिका सचिव तिलक केसीको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा शब्दद्वारा महिला विभागकी सदस्य निर्मला दाहालले र गीतसङ्गीतबाट रक्तिम सांस्कृतिक अभियानले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार