कोचिनमा मूल प्रवाहको तिजी कार्यक्रम

कोचिन । भारतको कोचिनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति महिला विभागको आयोजनामा तिजी कार्यक्रम सम्पन्न भएको छ ।

“गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता र एमसिसी खारेज गरौँ !” नाराका साथ सेप्टेम्बर १७, २०२३ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मूल प्रवाह क्षेत्रीय सदस्य चिरञ्जीवी शर्मा, क्षेत्रीय प्रतिनिधि रिखेन्द्र बिसी, केन्द्रीय परिषद् सदस्य बाबुराम केसी, क्षेत्रीय सदस्य जुगराज राहुमगर, जनजाति विभागका जगत् सारूमगर, त्रिभेन्द्रम नगर अध्यक्ष टीकाराम बैजाली, एर्नाकुलम ए एरिया समितिबाट शेरबहादुर बिसी, आलुवा एरियाबाट दुर्गा घर्तीमगरले मन्तव्य राख्नुभएको थियो ।

भूपू नगर अध्यक्ष तथा जातीय समता समाज नवलपरासीका अध्यक्ष नरबहादुर विकले पठाउनुभएको शुभकामना कार्यक्रममा क्षेत्रीय सदस्य जुगराज राहुमगरले वाचन गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता क्षेत्रीय महिला विभागकी सदस्य जानकी विसीले, सञ्चालन नगर विभागकी सदस्य शान्ति विसीले र स्वागत क्षेत्रीय सदस्य जानकी विसीले गर्नुभएको थियो ।

रक्तिम विभाग पुनर्गठन :

सोही कार्यक्रममाझ रक्तिम विभाग पुनर्गठन गरिएको थियो । पुनर्गठित विभागको संयोजकमा जनक विसी तथा सदस्यहरूमा गोविन्द रिजाल, मोहन घर्तीमगर, जानकी बिसी, हेमराज घर्तीमगर, परिवर्तन विसी र बालाराम रानामगर रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार