कानपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कानपुर नगर समितिले केन्द्रीय सदस्य स्मृतिशेष लाल बहादुर क्षेत्रीको संझनामा श्रद्धाञ्जली सभा सम्पन्न पारेको छ ।
केन्द्रीय सदस्य विर बहादुर जिसीको अध्यक्षता र क्षेत्रीय सदस्य केबी गुरुङको सञ्चालनबाट अगाडि बढेको सो श्रद्धाञ्जली सभामा क्षेत्रीय सहसचिव लोब बहादुर गुरुङ, सदस्य छविलाल बञ्जाडे, नगर समितिका ओम बहादुर गुरुङ, हरिकला गुरुङ र कमला बेलवासेले श्रद्धान्जली मन्तव्य राख्नु भएको थियो ।
वक्ताहरूले लाल बहादुर क्षेत्रीको निधनले केवल मध्य-उत्तर क्षेत्रीय समितिलाई मात्र क्षति नपुगेर सिंगो मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई क्षति पुगेको बताउनुभएको थियो ।