चेन्नई । फलेवास नगरपालिका ८, कुर्गा उल्लेरी, पर्वत जिल्ला निवासी दुर्गा बहादुर नेपालीकी श्रीमति लालमति नेपाली बर्ष ८० की छोरा छोराबुहारी जुन बहादुर र निर्मला नेपाली (रक्तिमकी कलाकार)सँग चेन्नईको मोगापेरमा रहँदै आएकी थिईन् ।
२८ सितंबर २०२३ तदानुसार ११ आश्विन २०८० का दिन बिरामी भई हस्पिटलमा उपचार पश्चात आफ्नै रूममा आराम गरिरहेको अवस्थामा निजको दुखद निधन भएको छ । घटनाको जानकारी पाउन साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका तर्फबाट केन्द्रीय सदस्य केशमान नेपाली, चेन्नई पश्चिमका बुध्द्धीराम पौडेल, दुर्गा रायमाझी, तिलक शर्मा, प्रकाश बहादुर नेपाली लगायतको टिम घटना स्थलमा पुगेको थियो ।
उक्त टिमले घटनाको जायजा लिए पछि आफन्तजन लगाएत मूल प्रवाह अखिल भारात नेपाली एकता समाजका कार्यकर्ताहरूको सहयोगमा सम्पूणर् प्रकृया पुरागरी अपराह्न करिव १२ बजे अम्बातुरस्थित संशानघाटमा निजको अन्तिम संस्कार गरिएको छ ।