

इराक। उत्तरी सहर काराकोशमा एउटा विवाह समारोह भइरहेको स्थानमा आगलागी हुँदा ११३ जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएको इराकी मिडियाले जानकारी गराएको छ ।
मोसुलको पूर्वमा रहेको इसाई धर्मावलम्बीको बाहुल्यता रहेको सहरको मुख्य अस्पतालमा एएफपीका फोटोग्राफरले एम्बुलेन्सले जलेका मानिस ल्याएको देखेका तथा उनीहरूलाई रक्तदान गर्न अस्पतालको आँगनमा कैयौँ मानिस भेला भएका बताएका छन् ।
अत्यधिक ज्वलनशील पदार्थले सखाप पार्ने कम गुणस्तरको निर्माण सामग्रीले बनेको विवाह समारोह आयोजना गरिएको हलको छत नै खस्दा यति धेरै मानिसले ज्यान गुमाएका अधिकारीहरूले बताएका छन् ।
इराकको आधिकारिक समाचार समितिले निनेवेह प्रान्तका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै हमदानियाहमा विवाह समारोह भइरहेको एउटा हलमा भएको आगलागीमा सो घटना घटेको हो । । इराकी स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल–बद्रले पनि मृतकको उक्त सङ्ख्या एएफपीलाई पुष्टि गर्नुभएको छ ।
अस्पताल भर्ना भएका अधिकांश बिरामी जलेका, अक्सिजन अभावका कारण श्वासप्रश्वासमा समस्या भएका तथा केही भने भीडले कुल्चिदा घाइते भएका छन् ।
मङ्गलवार साँझ उक्त दुर्घटना भएको हो । यद्यपि आगलागी के कारणले भएको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । प्रारम्भिक विवरणअनुसार पटाका पड्काउँदा आगलागी भएको बताइएको छ ।
दुलहा र दुलही पनि आगोको चपेटमा परे वा नपरेको केही जानकारी प्राप्त भएको छैन । दुवै जनाले नाच्न थालेपछि आगो सल्किएको जनाइएको छ ।

नई दिल्ली, 4 दिसेम्बर 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका...

काठमाडौं, 4 दिसेम्बर 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व...

खिमराज चालिसे चंडीगढ़, भारतको चंडीगढ़बाट 15 अगस्त 2025 को आफना तिन छोरा-छोरीहरु...

चितवन माडि नगरपालिका वार्ड नं. 1 लक्षुमनिया बस्ने नारायणदत्त अधिकारीका कान्छा...

26, नोवेम्बर 2025, पुना, महाराष्ट्र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

26, नोवेम्बर 2025, पुना, महाराष्ट्र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

नई दिल्ली 16 नोवेम्बर 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

कोटी प्रसाद पोख्रेल 14 नोवम्बर 2025, चेन्नई, बाग्लुङ जिल्ला जैमुनी नगर पालिका...

बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ८ छिस्ती सतिबास निवासी नेपाली...

हिसार । भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाहको देउसीभैलो समिक्षा भेला आज...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2025 All right reserved Site By : Himal Creation