मूल प्रवाहले गर्‍यो नेपालीको दाहसंस्कार

लोकेन्द्र पौडेल,

चेन्नै  । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतको चेन्नैमा एक जना नेपालीको दाहसंस्कार गरेको छ ।

बागलुङ जिल्ला जैमिनी नगरपालिका–७ कुइदाङ नेपाल घर भई चेन्नैको श्रीप्रेबदुरस्थित एस.बी.ए कम्पनीमा गत चार महिनादेखि सेक्युरिटी गार्डमा कार्यरत गुनबहादुर घर्तीका ५६ वर्षीय छोरा डम्बरबहादुर घर्तीको अक्टोबर १२, २०२३ का दिन दाहसंस्कार गरिएको हो ।

घर्ती अक्टोबर अक्टोबर ११ का दिन ड्युटीमा कार्यरत रहेकै अवस्थामा बेलुका ७:३० बजेको समयमा अचानक नाकबाट रगत बगी रिँगटा लागी भुइँमा लडेका थिए । सोही कम्पनीमा कार्यरत अर्का मजदुरले तत्कालै कम्पनीलाई जानकारी गराई अस्पतालमा पुर्‍याएका थिए तर अस्पताल पुर्‍याउँदा निजलाई डाक्टरद्वारा मृतक घोषणा गरिएको थियो ।

घटनाको जानकारी मूल प्रवाहलाई प्राप्त भएपछि कम्पनी मालिकसँग छलफल गरी मृतकलाई क्षतिपूर्ति दिने समझदारी भएको थियो ।

तत्पश्चात् पुलिस प्रशासनलगायत पोस्टमार्टमको कार्य सम्पन्न गरी श्रीप्रेबदुरस्थित घाटमा निजको दाहसंस्कार गरिएको थियो ।

दाहसंस्कारस्थलमा मूल प्रवाहका केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्य काशिराम शर्मा, क्षेत्रीय प्रतिनिधि उमानन्द चालिसे, मृतकका आफन्तजन तथा कम्पनीका मालिक तथा म्यानेजरसमेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार