मूल प्रवाहले अन्तिम संस्कार गर्यो

धर्मराज शर्मा
कोट्टयाम केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले कबिता चौधरीको अन्तिम सँकार गरेको छ ।

स्वदेश पर्सा जिल्ला साविक निचुटा गाबिस वार्ड नम्बर ९ निबासी चोकट ओझैयाका छोरा दिपक ओझैया थारुकि धर्म पत्नि जैमिनी नगरपालिका ४ सर्कुवा गावो टुहुरे चौर स्थाई निबासी दिल बहादुर बिक र रुन्जा कला बिकको छोरी कबिता ओझैया थारु बिक बर्ष ३६ कि श्रीमान र एक १४ मैनाको छोरी सहित भारत केरलाराज्यको अलपुणा जिल्ला स्थित चेट्टेकुलंगारामा गाईको फारममा दैनिकि गुजरा गर्दै आएका थिए ।

२६ अक्टुबरको दिन बेलुका करिब सात बजेको समयमा सलको पासो लगाएर आत्महत्या गरेको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति कोट्याममा जानकारी आएको थियो । घटनाको जानकारी आउनासाथ स्थानीय प्रशासनमा घटनाबारे जानकारी गराइएको थियो ।

स्थानीय प्रशासनको रोहबरमा पोस्टमाट्म लगायत प्रशासनकि प्रक्रिया पूरा गरि चेन्नईबाट दुई भाईहरुलाई उपस्थित गराई २८ अक्टुबर २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सहसचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा क्षेत्रीय, नगर सचिब मनोज जिसी, क्षेत्रीय सदस्य भद्र बहादुर थापा, क्षेत्रीय रक्तिम विभागका सम्झना थापा, केन्द्रीय समितिका सदस्य चोबनाथ शर्मा, नगर सदस्य बुद्विमान नेपाली, महिला नगर बिभाग कि कुमारी थापा, कौशिला परियार र चेट्टिकुलंगारा तथा कायमकुलम एरियाका कार्यकर्ताहरु र आफन्तजनहरुको रोबहरमा कायमकुलम मुनिसिपाल्टिमको संसानघाटमा अन्तिम सँस्कार गरेकोछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार