चेन्नई उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई उत्तर नगर समितिले ४५औं स्थापना दिवश सम्पन्न गरेको छ ।
मान बहादुर केसीको अध्यक्षता र राम प्रसाद चौधरीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा दक्षिण भारत क्षेत्रीय सचिवालय सदस्य काशीराम शर्मा, क्षेत्रीय सदस्य कोटी प्रसाद पोखरेलको अतिथि आसनग्रहण पछि ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा सहभागिहरुलाई मिना केसीले शब्दबाट स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै काशीराम शर्माले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले स्थापना कालदेखि प्रवासमा रहेका प्रवाशी नेपालीहरुको पक्षमा सधै आवाज उठाउँदै आएको र भावी दिनमा अझै सशक्तरुपमा नेपालीहरूको बीचमा पुग्ने नेपालीहरुका समस्यालाई समाधान गर्दै अभिभावकको रुपमा भूमिका खेल्ने बताउनु भयो । शर्माले सम्पूर्ण प्रवासी नेपालीहरुलाई ४५औं दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यस्तै क्षेत्रीय सदस्य कोटीप्रसाद पोखरेलले मन्तव्य दिनुभएको थियो । पोखरेलले समय समयमा विभिन्नखाले अवसरवादी तत्वहरुले संगठनको गरिमाथि हमला गर्ने र संगठनलाई आफूअनुल बनाउन चाहेता पनि त्यसप्रकारका आकांक्षा राख्नेहरु पाखा लागिसकेको बताउनु भयो ।