
चिदम्बरम, १० नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको आयोजनामा २०८० सालको तिहार एवं दिपावलीको अवसरमा खेलिएको प्रगतिशिल देउसी-भैलो भव्य रुपमा सम्पन्न भएको छ ।
हेम बिजीको उदघोषक, मोहराज शर्माको अध्यक्षता, केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा, जनकराज पौडेल, भगवती कुँवर, बालाकृष्ण गायक, क्षेत्रीय सदस्य नारायण शर्मा, विष्णु शर्मा, नगर महिला विभाग सदस्य दुर्गा देवि हमाल अथित्यता रहेको सो देउसी-भैलोमा उपस्थित सम्पूणर् नेपाली आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई शब्द द्वारा नगर उपाध्यक्ष सुर्यमान गिरीले स्वागत गर्नु भएको थियो भने रक्तिमका कलाकारहरुले गित द्धारा स्वागत गर्नु भएको थियो ।
देउसी-भैलो कार्यक्रममा प्रमुख अथिति केन्द्रीय सदस्य चन्द्रकान्त शर्माले मैनबत्ती प्रज्वलन गरेर देउसी भैलो उद्घाटन गर्नु भएको थियो । आफ्नो उद्घाटन मन्तव्य राख्दै भन्नु भयो- नेपाली चाडपर्व र संस्कृतिलाई प्रगतिशिल बनाउँदै लैजाने उद्देश्यले प्रवासमा पनि देउसी-भैलो खेलिएको हो । भारतस्थित नेपालीहरुको अधिकारका मुद्दाहरु मूल प्रवाहले उठाउँदै आएको बताउँदै नेता शर्माले विदेशी हस्तक्षेप विरुद्ध लड्दै देशको राष्ट्रियता बचाउन देश भित्र राष्ट्रिय जनमोर्चा मात्र रहेको विचार व्यक्त गर्नु भयो ।
उक्त देउसी-भैलोलाई सफलताको शुभकामना मन्तव्य राख्नु हुनेमा- केन्द्रीय सदस्य जनकराज पौडेल, भगवती कुँवर, बालाकृष्ण गायक, क्षेत्रीय सदस्य नारायण शर्मा, विष्णु शर्मा, महिला विभागबाट दुर्गा देवि हमाल, पाण्डीचेरी नगर समितिबाट भद्र बहादुर जिसी, रक्तिम सांस्कृतिक अभियानबाट रवि पौडेल हुनु हुन्थ्यो ।
रक्तिम साँस्कृतिक अभियान देउसी-भैलो टोलीका कलाकार द्वारा जनवादी तथा प्रगतिशिल देउसी-भैलो प्रस्तुत गरिएको थियो । प्रवासी नेपालीहरुको दुःख पिडा, अधिकार र आन्दोलन, देश र जनता प्रतिको माया, वर्तमान राजनैतिक विसंगती विरुद्ध गित-नृत्य प्रस्तुत गर्दै खेलिएको देउसी-भैलो अत्यन्तै रमाईलो बनेको थियो।
अन्त्यमा उक्त देउसी-भैलोमा उपस्थित भएर आर्थिक, नैतिक र भौतिक सहयोग गरि २०८० सालको देउसी-भैलो भव्य रुपमा सफल पारि दिनु भएकोमा सम्पूणर् नेपाली दाजुभाई तथा दिदी बहिनीहरू, अतिथिहरु र कलाकारहरुलाई हार्दिक धन्यवाद दिदै अध्यक्ष मोहराज शर्मालेले देउसी-भैलोको समापन गर्नु भएको थियो।
















