धर्म पहरी
बेंगलौर, १२ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर नगर समिति बेंगलौरको आयोजनामा २०८० सालको देउसी भैलो कार्यक्रम सम्पन्न पारिएको छ । नगर समितिका सचिव तिलक केसीको सञ्चालन तथा नगर समितिका उपाध्यक्ष ओम बहादुर दाहालको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रम केन्द्रीय समितिका सदस्य चन्द्रकान्त शर्माको प्रमुख आतित्थ्यता रहेको थियो ।
त्यस्तै केन्द्रय समितिका सदस्य तथा क्षेत्रीय समितिका सचिव जनकराज पौडेल, क्षेत्रीय समितिका कोषाध्यक्ष लोकेन्द्र पौडेल, सदस्य धर्म पहरी, सदस्य मिना हमाल र नगर समितिका सदस्य जय बहादुर विक र महिला विभाग की सदस्य सरस्वती केसीको आत्तिथ्यता पछि ज्ञात अज्ञात सहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि उपस्थित सम्पूणर्लाई संगीतबाट स्वागत रक्तिम साँस्कृतिक कलाकारहरुले र शब्दबाट निर्मला दाहालले स्वागत गर्नुभएको थियो ।
प्रमूख अतिथि केन्द्रीय समितिका सदस्य चन्द्रकान्त शर्माले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतमा विभिन्न पेशामा कार्यरत नेपालीहरुको माझमा शुख दुःखमा सधैं साथ दिँदै आईरहेको बताउनु भयो । विभिन्न खालका समस्याहरुलाई पनि सहजै समाधान गर्ने भनेको मूल प्रवाह नै भएको बताउनु भयो ।
आफ्नो तर्फबाट अन्य अतिथिहरुले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।