हर्ख बहादुर रोकाको दाहसंस्कार

चेन्नई । प्रसा जिल्ला थोरी गांउपालीका १ चौतारा निबासी लाल बहादुर रोका मगरका छोरा हर्ख बहादुर रोका मगर बर्ष ३० का चेन्नईको रेडहिल्समा नेपालबाट आउँदा कै दिनै अचानक चक्कर लागेर लडेका थिए । एक जना राजु नाम गरेको नेपाली र पोलिस प्रसासनको मातहतमा १२ अक्टुबर २०२३ का दिन उनलाई स्टालिन सरकारी हस्पीताल चेन्नईको मिन्टीमा भर्ना गरेका थिए । लामो समयको उपचार गर्दागर्दै पनि ७ नोभेम्बर २०२३ का दिन मृत्यु भएको जानकारी प्राप्त भएको थियो । घटनाको जानकारी पाए पछि सम्पूणर् कागज पत्र मिलाएर १० नोभेम्बर २०२३ गतेको दिन मृतकका श्रीमतिको रोहवरमा चेन्नईको मूलाकोदलम मिन्तीमा दाहा संस्कार गरिएको छ ।

मृतकको संझनामा १ मिनेट मौनधारण, गोपाल बिकको सञ्चालन र केन्द्रीय कोषाध्यक्ष मदन शर्माले शोक मन्तब्य दिनुभएको थियो । दाहसंस्कार कार्यमा क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, क्षेत्रीय सचिवालय सदस्य काशीराम शर्मा, क्षेत्रीय सदस्य तथा उत्तर नगर समितिका अध्यक्ष गोपाल बिक, पश्चिम नगर सचिव किशोर शर्मा, सदस्य प्रकाश नेपाली, श्रीमती तारा रोका मगर एवं मृतकका भिनाजु तथा मूल प्रवाहका सदस्य कृष्ण केसी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार