कटक, २५ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्बी भारत क्षेत्रीय समितिद्धारा आयोजित सभाको अवसरमा दुई सदस्यहरु नरबहादुर बिक र दुर्गा बहादुर सुनारलाई विदाई गरिएको छ । उक्त कार्य क्रमको सञ्चालन रेकम जीसीले र अध्यक्षता हेम कुमार थापाले गर्नुभएको थियो ।
विदाई समारोहमा नर बहादुर बिक र दुर्गा बहादुर सुनारलाई क्षेत्रीय समितिका सदस्य विष्णु श्रनेतले दोसल्ला ओडाएर र सरिता रानाले फुल गुच्छा सहित सम्मान पश्चात विदाई गरिएको थियो ।
नर बहादुर बिक र दुर्गा बहादुर सुनारले संगठनमा दिएको भुमिका र सिकेको ज्ञानलाई स्वदेश भित्र गएर पनि क्षमता अनुसारको काममा लाग्ने प्रतिवद्धता प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा गिरीराज परियार, चन्द्र बाकाबल, सिवकुमार सुतार, विष्णु श्रीनेत, लक्ष्मण राणा, सम्बर माझी र हेम कुमार थापाले विक र सुनारलाई वधाई तथा शुभ कामना दिनु भएको थियो ।