लक्ष्मी प्रसाद ज्ञवाली
प्रयागराज । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य उत्तर भारत क्षेत्रीय समिति अन्तर्गत सञ्चालित प्रयागराज महिला विभागले ‘११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं, महिला हिंसा र विभेदका विरुद्ध संघर्ष गरौं त्त्त्त्” मूल नारा अन्तर्गत भव्य रुपमा सम्पन्न भएको छ ।
महिला विभाग की संयोजक गोमा थापाले गर्नुभएको थियो । सञ्चालन महिला विभाग की सचिव सविता शर्माले गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय समिति सदस्य तथा मध्य उत्तर भारत क्षेत्रीय समिति अध्यक्ष राम प्रसाद बस्याल, क्षेत्रीय कोषाध्यक्ष तथा नगर अध्यक्ष लक्ष्मी प्रसाद ज्ञवाली, क्षेत्रीय सदस्य दुर्गा न्यौंपाने, किशन सिंह परियार लगायतको अतिथि आसान ग्रहण गर्नुभएको थियो । एक मिनेट मौनधारण पछि उपस्थित जनमानसलाई महिला विभाग सदस्य गंगा ज्ञवालीले स्वगत गर्नुभएको थियो ।
११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना दिंदै सम्पूणर् वक्ताहरूले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको बारेमा स्पष्ट पार्नुभएको थियो । साथै महिलाहरू धेरै भन्दा धेरै संगठित भए र आफ्नो हकहित र अधिकारको बारेमा संघर्ष गर्ने बिषयमा जोड दिनुभयो साथै अहिले हाम्रो संगठनले जनवरी देखि मार्चसम्म तीन महिना सदस्यता अभियान चलाएको हुँदा धरै भन्दा धेरै महिलाहरू सदस्यता लीन र संगठित हुन विषयमा जोड दिनुभयो ।