चन्द्र प्रसाद पौडेल
कोयम्बतुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोयम्बतुर नगर समितिको आयोजनामा १३५औं अन्तर्रास्ट्रिय मजदुर दिबस सम्पन्न पारिएको छ ।
उक्त कार्यक्रम चन्द्रदत्त शर्माको अध्यक्षतामा र चन्द्रप्रसाद पौडेलको सञ्चालनमा अगाडि बढेको कार्यक्रम्मा ज्ञात-अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात उपस्थिती जनसमुदायलाई नगर समितिका भिमलाल शर्माले शब्दबाट स्वागत गर्नुभएको थियो।
कार्यक्रममा क्षेत्रीय प्रतिनिदि तथा नगर कोषाध्यक्ष खिमानन्द शर्माले र नगर सदस्य चिरञ्जीवी शर्माले उपस्थित जनसमुदायहरुलाई मजदुर दिबसको बारेमा र नगर समितिको स्थापना तथा मूल प्रवाहको भुमिका बारे प्रष्ट गराउनुभएको थियो। अन्त्यमा कार्यक्रमका अध्यक्षद्वारा कार्यक्रम समापन गर्नुभयो ।