कार्ल मार्क्सको २०७औं दिवस सम्पन्न

धर्मराज शर्मा

कोट्टयाम केरला, ५ मेई । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपाली जनताको मञ्च कोट्टयाम र कोचिनको सँयुक्त आयोजनामा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका राजनीतिक सिद्वान्तकार समाजसास्त्रि महान नेता कार्ल मार्क्सको २०७औं जन्मदिवस कार्यक्रम सम्पन्न गरेको छ ।

जनक बिसीको सञ्चालन, चोबनाथ शर्माको अध्यक्षता पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय सहसचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा क्षेत्रीय सदस्य भद्र बहादुर थापा, क्षेत्रीय महिला बिगागबाट धनकुमारी केसी, क्षेत्रीय समता बिभागबाट शेर बहादुर बिक र कोचिन नगर समितिबाट मेघराज बिसीले अतित्थ्यता गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बक्ताहरुले कार्ल मार्क्सको जिवनी र उहाँले विभिन्न चरणमा सर्वहारा बर्गको लागि खेलेका महत्वपुर्ण बिषयहरुमा प्रष्ट पार्नुभएको थियो ।

ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनट मौनधारण पश्चात् मनोज जिसीले उपस्थित जनसमुदायहरुलाई शब्दबाट स्वागत गर्नुभएको थियो ।

बालिका शर्मा जानकि बिसी, एकराज पौडेल, गणेश शर्माले कार्यक्रम सफलताको शुभकामना मन्तब्य दिनुभएको थियो । जनक बिसीले बिच बिचामा मन्तब्यहरुलाई व्याख्या गर्दै कार्यक्रमलाई रोचकिलो बनाउँदै कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार