शोक बक्तब्य

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सदस्य एवं पाण्डिचेरी नगर सचिव गोविन्द शर्माकी ममतामयी आमा जलपादेवि आचार्यको ७८ बर्षको उमेरमा मिति २०८१ अषाढ ६ गते असामयिक निधन भएको खबरले मर्माहित भएका छौं । वहाँ नेपाल बाग्लुङ जिल्ला जैमिनी नगरपालिका १ कुश्मिसेराबाट बसाईसरी हाल बाके जिल्ला खजुरा गाउँपालिका ८ मा बस्दै आउनु भएको थियो । वहाँको उपचारको क्रममा निधन भएको छोरा गोविन्द शर्माले जानाकारी गराउनु भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति साथै पाण्डीचेरी नगर समिति मृतक आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । एवं शोक संतप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार