केन्द्रीय सदस्य पुन पितृ शोकमा

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य खुम बहादुर पुन पितृ शोकमा पर्नुभएको छ । वहाँका पूज्यनिय पिता खड्क बहादुर पुनको आज २०८१ भदौ १० गते तदानुसार २६ सितम्बर २०२४ का दिन आफ्नै निवास शिवराज नगरपालिका १ कपिलवस्तुमा निधन भएको हो । वहाँ ७७ वर्षको हुनुहुन्थ्यो । वहाँको जन्म स्थान ऐरावती गाउँपालिका ३ कुम्री प्युठानमा भएको थियो । वहाँका घरमा एक छोराको निधन भइसकेको छ भने कान्छा छोरा खुमबहादुर पुन हुनुहुन्छ । श्रीमती, दुई बुहारी, नाती नातीनीहरु हुनुहुन्छ ।

वहाँको निधनले हामी अत्यन्तै दुःखीत छौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको तर्फदेखि पूज्यनिय पिता खड्क बहादुरको निधनले शोकसन्तप्त परिवारजनमा गहिरो समेवदेना व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार