
कोचिन, २६ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको विस्तारित भेला सम्पन्न भएको छ । २५ अगस्त २०२४ का दिन कोचिनमा नगर समिति र एरिया समितिहरूको संयुक्त भेलामा प्रमुख अतिथि केन्द्रीय कोषाध्यक्ष मदन शर्माको उपस्थिति रहेको थियो ।
भेलाको उद्घाटन गर्दै मदन शर्माले तात्कालिक एकता समाज तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अध्यारो कुनाबाट जन्म लिएको हो । यसको बिकाश हुदै जाने क्रममा देश छोडेर प्रवासीन बाध्य नेपाली जनताको अबिभाबक बनेको छ । देशको जनतान्त्रिक आन्दोलन मूल प्रबाह अखिल भारत नेपाली एकता समाज फलामे किल्ला बनेको छ भन्दै समाजलाई भाँडभैलो गराउने अराजकहरूलाई किनारा लगाएको कुरामा जिकीर गर्नु भयो र गलत पक्षको खातिर एक हुन जोड दिनुभयो ।
भेलाको अध्यक्षता जुगराज राहु मगर सञ्चालन जनक बिसीले गर्नुभएको थियो भने गणेश शर्मा पौडेलले उपस्थिति जनमानसलाई स्वागत गर्नुभएको थियो । भेलाले मुल ब्यवस्थापन संयोजकत्वमा जुगराज राहु मगर, हल ब्यबस्थापन संयोजक बाबुराम केसी, कलाकार संयोजक जानकी बिसी, प्रचारप्रसार संयोजक जनक बिसी रहनु भएको छ ।
















