
बेंगलोर दक्षिण । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर दक्षिण नगर समिति अन्तर्गत २२ सितम्बरका दिन विटीयम एरिया समिति गठन गरिएको छ ।
मनोज विकको सञ्चालन र बलराम कोलीको अध्यक्षता पछि अतिथि आसन ग्रहण गरिएको थियो । दक्षिण भारत क्षेत्रीय सदस्य मान बहादुर विक, सदस्य परमानन्द खडायतको आतिथ्यतापछि ज्ञात अज्ञात सहिदहरुको सम्मानमा एक मिनट मौनधारण गरिए पछि उपस्थित सम्पूर्णलाई माया कोलीले स्वागत गर्नुभएको थियो ।
परमानन्द खडायतले मूल प्रवाहको विधान तथा भूमिका बारेमा स्पष्ट जानकारी गर्नु भएको थियो भने मान बहादुर विकले पनि शुभकामना मन्तब्य राख्नु भएको थियो ।
भेलाले बलराम कोलीको अध्यक्षता १३ पूर्ण ३ वैकल्पिक र ३ सल्लाहकार गरी १९ सदस्यीय एरिया समिति गठन गरेको छ । जसमाः उपाध्यक्ष विनोद कोली, सचिव मनोज विक, सहसचिव करिश्मा विक, कोषाध्यक्ष सावित्री विक, सदस्यहरुमाः मान बहादुर विक, हरीश विक, जानकी विक, माया विक, पार्वति विक, जयन्ती कुमारी, राज कुमार बम, प्रगति विक, वैकल्पिकमाः मोहन विक, देबकी विक, मोहन कोली, सल्लाहकारमा प्रतिभा विक, गणेश विक र सुनिल विक चयन हुनुभएको छ । नयाँ समितिलाई क्षेत्रीय सदस्य मान बहादुर विकले बधाई दिनु भएको थियो ।















