चेन्नई अम्बातुर सिको भेला भेला सम्पन्न

चेन्नई पश्चिम, २९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिद्वारा सञ्चालित अम्बतुर (सी) एरिया समितिको २०औँ बार्षिक सम्मेलन पछिको प्रथम एरिया भेला सम्पन्न भएको छ ।

प्रकाश नेपालीको अध्यक्षता, लोक कुमारी थापाको सञ्चालन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सचिवालय सदस्य तथा चेन्नई पश्चिम नगर समितिका अध्यक्ष बुद्धि पौडेलको प्रमुख अतिथि, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सचिवालय सदस्य काशीराम शर्मा, केन्द्रीय सदस्य केशमान नेपाली, चेन्नई पश्चिम नगर समितिका सचिव किशोर शर्मा, पश्चिम नगर समितिका सदस्य राजेश सुनार, महिला विभाग भवानी खत्री सुनार, सिता आचार्य, गोमा कुमारी शाही, रक्तिम साँस्कृतिक दक्षिण भारत क्षेत्रीय विभाग सदस्य डिल बहादुर जिएमको आसन ग्रहण पछि ज्ञात अज्ञात सहितहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाई रक्तिम साँस्कृतिकका कलाकारहरूले गीतबाट र लोक कुमारी थापाले शब्दबाट स्वागत गर्नुभएको थियो ।

उक्त भेलाको उद्घाटन तथा उद्घाटन भाषण प्रमुख अतिथि बुद्धि पौडेलले मैनबत्ती बालेर तालीको गड्गडाहट बिच गर्नुभएको थियो । प्रमुख अतिथिले उद्घाटन भाषणमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको इतिहास र मूल प्रवाहले प्रवासी नेपालीहरूको बीचमा खेलेको भूमिका बारेमा स्पष्ट पार्नुभएको थियो।

उहाँले अझै पनि कैयौँ अबसरवादी व्यक्तिबादी अनैतिक तत्वहरुले हाम्रो संगठनको गौरमय इतिहासलाई झुटको खेती सिर्जना गर्दै । विभिन्न प्रकारले भ्रम सिर्जना गर्ने कोशिस गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘हाम्रो संगठनको कैयौं कार्यक्रमहरूलाई अवरोध गर्ने कोशिस समेत गर्दै आएका छन् । हाम्रो गौरवमय इतिहास बोकेको संगठनमा आबद्ध प्रवासी नेपालीहरूको एकताले त्यस्ता तत्वहरूलाई प्रस्त गर्दै संगठन अझ मजबुत रुपमा अगाडि बढेको छ ।’ ‘विभिन्न प्रकारका भ्रम छर्ने तत्वहरूबाट सशक्त रहँदै सम्पूर्ण नेपाली दिदी बहिनी दाजु भाईहरूलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको झण्डामुनि आबद्ध हुन आवश्यक छ ।’

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिवालय सदस्य काशीराम शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता केन्द्रीय सदस्य केशमान नेपाली चेन्नई पश्चिम नगर समितिका सचिव किशोर शर्मा, दक्षिण भारत रक्तिम साँस्कृतिक विभाग सदस्य डिलबहादुर जिएम, महिला विभागबाट गोमाकुमारी शाही, भवानी खत्री सुनार, अनिता गिरी, सीता आचार्य लगायतले भेलाको शुभकामना मन्तव्य राख्नुभएको थियो ।

केन्द्रीय सदस्य केसमान नेपालीले एरिया समितिको प्यानल प्रस्तुत गर्नुभएको थियो । भेलाले प्रकाश नेपालीको अध्यक्षतामा ११ पूर्ण, २ वैकल्पिक र २ सल्लाहकार गरी १५ सदस्यीय एरिया समिति चयन गरिएको छ । जसमाः अध्यक्ष– प्रकाश नेपाली, उपाध्यक्ष– गोमा कुमारी शाही, सचिव– अन्जु रोका, सहसचिव– लोक कुमारी थापा, कोषाध्यक्ष– कोपिला राना, सदस्यहरूमा क्रमशः कमला नेपाली, सोम बहादुर रोका, कुमारी थापा, पदम नेपाली, देवी नेपाली, निर्मला नेपाली, वैकल्पिक सदस्यहरुमाः डोल बहादुर बिक र कुमारी नेपाली रहनुभएको छ । त्यस्तै सल्लाहकारहरुमाः प्रदिप सुब्बा र टेक बहादुर केसी चयन हुनुभएकोछ ।

नवनिर्वाचित समितिलाई चेन्नई पश्चिम नगर समितिका सदस्य राजेश सुनारले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार