पाण्डेचरीमा छ्यालिसौं स्थापना दिवस मनाइयो

पाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितिको आयोजनामा संगठनको ४६औं स्थापना दिवश सम्पन्न भएको छ ।

नगर सदस्य विष्णु कूमारी शर्माको अध्यक्षता र क्षेत्रीय सदस्य समेत रहनु भएका नगर सचिव गोविन्द शर्माको सञ्चालन रहेको उक्त कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा, जनकराज पौडेलको आथित्यता रहेको थियो ।

शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि कार्यक्रममा सहभागी साथिहरुलाई नगर सदस्य जमूना शर्माले शब्दबाट स्वागत गर्नु भएको थियो । मोहन हमाल लगायत अथितिहरूले एकता समाजको स्थापना र बर्तमान अबस्थासंम आईपुग्दा समाजको भुमिका साथै कार्यकर्ताको दायित्व बारे धारणा राख्नु हुँदै, कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार