
निलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिद्धारा ४६औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ ।
मिना हमालको सञ्चालन टेकबहादुर बिकको अध्यक्षता र क्षेत्रीय प्रतिनिधि जगत बहादुर हमाल, क्षेत्रीय सदस्य बिरे थापाको अतिथि अतिथि आसनग्रहण पछि सहिदहरूप्रति एक मिनेट मौनधारण पछि मन्तव्यबाट धन सुन्दास र रक्तिमका कलाकारहरूद्धारा स्वागत गरिएको थियो ।
अथिति जगत बहादुर हमाल, बिरे थापाले मूल प्रवाह स्थापना कालदेखि हालसम्मको बिषयलाई प्रष्ट्याउनु भएको थियो । त्यस्तै नगर समितिबाट मधु खनाल, लोकेन्द्र बिक, महिला बिभागबाट लक्ष्मी बिक, साँस्कृतिकबाट सिता नेपालीले मन्तव्य दिनुभएको थियो ।















