
प्यूठान । जातीय विभेदले मानिसलाई उनीहरूको जात, धर्म, रंग, संस्कृति वा सामाजिक पृष्ठभूमिको आधारमा फरक व्यवहार गर्ने, भेदभाव गर्ने र विभाजित गर्ने गर्दछ । यसले समाजमा असमानता, अन्याय र विभाजनको अवस्था सिर्जना गर्छ, जसले पिडित समुदायलाई शोषण र अपमानित महसुस गराउँछ। जातीय विभेदले मानिसहरूलाई सामाजिक, आर्थिक, शैक्षिक, र राजनीतिक रूपमा पछाडि पारेको हुन्छ।
अझै पनि कैयौं व्यक्तिहरु वा राजनीतिक पार्टीहरुलाई जातियताको आधारमा आफ्नो राजनीतिक रोटी सेक्ने गर्दै आएका छन् । तर विस २०७२ को संविधानले कुनै पनि जातिय विभेद गर्न नमिल्ने व्यवस्था गरेको छ ।
यसै बिच प्यूठानको झिमु्रक गाउँपालिकाका उपप्रमुख प्रमोख पोख्रैलले रेशम सुनारलाई किटान गरि अपमान सहित जातिय विभेद जन्य अभिव्यक्ति दिएका छन् । उनको उक्त अभिव्यक्तिको खण्ड्न गर्दै दलित सञ्जाल झिमरुकले न्यायको लागि एक विज्ञप्ती प्रकाशित गरेको छ । सञ्जालका अध्यक्ष विनोसिंह विकको हस्ताक्षर रहेको उक्त विज्ञप्तीमा लेखिएको छ :
‘मिति २०८१ कार्तिक २३ गतेका दिन यस दलित सञ्जाल झिमरुक गा.पा. वडा नं ६ धंगे निवासी श्री रेशम सुनारले दिएको निवेदन अनुसार झिमरुक गा.पा. उपाध्यक्ष, न्यायिक समिति संयोजक तथा गाउँपालिका महासंघका केन्द्रिय सदस्य श्री प्रमोद पोखेलले म गाडी चालक रेशम सुनारलाई किटान गरी मेरो गाडी साहु हेमराज भट्टराईलाई तेरो सवारी चालक दलित भयो मलाई गाउँमा जाँदा समस्या भयो तैले गाडी चालक फेर भनेकोले मलाई दलित भएको कारण उपाध्यक्षबाट अपमान सहित जातिय विभेद भयो भनि दिएको उजुरी माथी छलफल गर्दा हामी दलित समुदाय माथी गम्भिर अपमान तथा विभेद भएकोले हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । उक्त अभिव्याक्तिको घोर भ्रत्सना गर्दै पिडक गा.पा. उपाध्यक्ष प्रमोद पोखेललाई नेपालको संविधान र कानुन बमोजिम कानुनि कारवाही गरियोस् भनी कानुनी न्यायको लागी प्यूठान जिल्ला दलित संघर्ष समितिसँगको जलफल पछि थप आवश्यक प्रमाण जुटाई कानुनी न्यायको लागि कानुनि प्रकृयामा अगाडि बढाउन भनि हामी यो घटनाको तुरुन्त निष्पक्ष छानविन गरी दोषीलाई कानुनि दायरामा ल्याउनको लागि पिडित व्यक्तिलाई आवस्यक समर्थन र न्याय उपलब्ध गराउनको लागि पूर्ण प्रतिवद्ध रहेको यसै विज्ञप्ती मार्फत जानकारी गराईन्छ ।’














