नगर सदस्य भविलाल थापाको निधन, मूल प्रवाहले दियो श्रद्धाञ्जली

दक्षीण भारत । मूल प्रवाह दक्षीण भारत क्षेत्रिय समितिद्धारा संचालित पश्चिम चेन्नई नगर सदस्य भविलाल थापा वर्ष ५४ को हिजो २२ फरवरी २०२५ को दुखद निधन पछि दाहसंस्कार एंव श्रद्धान्जली सभा सम्पन्न गरेको छ। अत्यान्तै मिलनसार तथा सैद्धान्तिक रुपमा दृढ भविलाल थापा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नैको १७ औं संयुक्त नगर सम्मेलनले पश्चिम नगर समितिमा बैकल्पिक सदस्यको रुपमा निर्वाचित गरेको थियो।

वहाँको हिजो २२ फरवरी २०२५ को आफ्नै कम्पनीको कोठामा सुतिरहेको अवस्थामा अचानक भएको दुःखद निधनले मूल प्रवाह चेन्नई पश्चिम नगर समिति मर्माहत भएको छ । वहाँको स्मरण गर्दै २ मिनट मौनधारण सहित मूल प्रवाह दक्षिण भारत क्षेत्रीय सचिवालय सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष बुद्धिराम पौडेलको संचालनमा भएको शोक सभामा मृतकका आफन्त तथा मूल प्रवाह केन्द्रीय सदस्य एवं दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्रबहादुर थापा, दक्षिण भारत क्षेत्रीय सदस्य हरि प्रसाद शर्मा तथा समाजसेवी महेन्द्र बस्यालले संक्षिप्त शोक मन्तव्य राख्नुभएको थियो। शवयात्रामा मूल प्रवाह केन्द्रीय सदस्य केशमान नेपाली, काशिराम शर्मा, दक्षिण भारत क्षेत्रीय सचिवालय सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष बुद्धिराम पौडेल, हरिप्रसाद शर्मा, नगर उपाध्यक्ष प्रकाशबहादुर नेपाली, सचिव किशोर शर्मा, सदस्यहरु खुमनप्रसाद भण्डारी, रविलाल नेपाली, रामु नेपाली, नरबहादुर थापा, सत्या पुन, समाजसेवी हेमराज रिजाल, ईष्ट मित्रहरुमा यामबहादुर नेपाली, दिलकुमार नेपाली, भिमबहादुर रोका, दिपक नेपाली, दिनेश थापा, धनिराम गोराथोकी, जागेश्वर गोराथोकी, कृष्ण थापा, सीमा थापा, राकेश शर्मा, हरी तरामी, गिरी नेपाली गंगाबहादुर थापा, आफन्तजन चन्द्र बहादुर थापा, शशीराम थापा लगाएत हुनुहुन्थ्याे। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय अध्यक्ष ठाकुर खनाल र दक्षीण भारत क्षेत्रिय समिति एंव नगर समिति पश्चिम चेन्नईले छुट्टाछुट्टै रुपमा मृतक भविलाल प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेका छन।

स्मृतीशेष भविलाल थापा कालीगण्डकी गाँउपालिका- ६ साविक खड्गकोट गुल्मीबाट बसाई सराई गरि तिनाऊं गाँऊपालिका- ३, पाल्पा स्थायी बसोबास भै रोजिरोटीको शिलशिलामा चेन्नईको टेलिफोन एक्सचेन्ज अम्बतुरको कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार