अलपत्र अवस्थामा भेटिएका पवनलाई आफन्तलाई बुझाइयो

कोयम्बतुर, २ मार्च । हराएर भेटटिएका पवन धामिलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोयम्बतुर नगर समितिले निजका दाजुहरू सन्जय धामी र गोपाल धामीलाई जिम्मा लगाएको छ । थलाहारा गाउँपालिका, बझाङ जिल्ला निवासी किट्टु धामीका १६ वर्षीय छोरा पवन धामी कुनै एकजाना आछाम घर बताउने अज्ञात ब्यक्तिले होटेलमा काम लगाइदिन्छु भनि शिबजी नगर, बेंगलुरदेखि कोयम्बतुर ल्याएर अलपत्र पारेको र गत तीन दिनसम्म करुमत्तम्पटटीस्थित एक साइसिङ कम्पनीमा काम गरेको उनले बताए ।

उनलाई कम्पनी म्यानेजरले कम्पनीबाट निकालदिए पछि अलपत्र अवस्थामा रेल्वे स्टेशन जान हिडेको निजलाई नजिकैको जनशन कलेजमा कार्यरत नेपाली साथिहरुले भेट भएका थिए । कलेजमा कार्यरत साथिहरुले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा, कोयम्बतुर नगर समितिमाका सचिब चन्द्रप्रसाद पौडेललाई जानकारी गराउनुभएको थियो।

सामाजिक सन्झाल मार्फत आफन्तहरू संगठनको सम्पर्कमा आए पछि २ मार्चका दिन निजलाई दाजुहरू सन्जय धामी र गोपाल धामीलाई हस्तान्तरण गरिएो छ ।

सो अवसरमा कोयम्बतुर नगर अध्यक्ष चन्द्रदत्त शर्मा, जनसन कलेज एरिया समितिका साथिहरुको र सोही कलेजमा कार्यरत कृष्णराज आचार्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार