
हैदरावाद । अर्जुन चौपारी गाउँपालिका वडा न १ बस्ने ३२ वर्षिय किशोर नेपाली रोजगारीको शिलशिलामा आफ्ना भिनाजुहरु र आफन्तहरुसँग केहिदिन पहिला भारतको हैदरावादको हाइटेक नजिकै कागति नगर भन्ने ठाउँमा पुगेका थिए ।
आएको दुइदिन पछि उनी भिनाजुको कोठाबाट सांझ करिब ८ बजे निक्ली हिडेका तर नयाँ र अपरिचित ठाउँ, अपरिचित मानिसहरु, नौलो भाषा भएपछि उनले फर्किएर आउने स्थान नै फेला पार्न नक्दा भौतारिदै जिडिमिट्लाको रोडामिस्त्री नगरमा आइपुगेका थिए । उनलाई अलपत्र अबस्थामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिका सदस्यहरु धन बहादुर थापा, लाल बहादुर थापाले फेला पारेपछि उत्तर नगर अध्यक्ष सुर्य बहादुर थापा स्थानमा पुगि आबस्यक सर सल्लाह गरिएको थियो ।
किशोर नेपाली अलपत्र अवस्थामा संगठनले फेलापारी संगठनको संरक्षणमा रहेको सुचना फेसबूक मार्फत सार्बजनिक पनि गरिएको थियो । आफन्तहरु सम्पर्कमा नआउँदासम्म बस्न, खान तथा अन्य आबस्यकता पूरा गर्नको लागि धन बहादुर थापाले अहं भुमिका निर्वाह गर्नुभएको थियो ।
दिनांक ५ मार्च २०२५ का दिन भेनाहरु राजु नेपाली र दिपक नेपाली सम्पर्कमा आएपछि क्षेत्रीय सदस्य धन बहादुर थापाले निजलाई जिम्मा लागाइदिनुभएको छ । यस्तो अबस्थामा आफ्नो श्रीमान र आफ्नो मान्छेलाई उद्दार गरि बुझाइदिएकोमा मूल प्रवाह लाई उनकी श्रीमति र आफन्तले धन्यबाद ज्ञापन गरेका छन् ।















