
वापी । गुजरातको वापिमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापि पश्चिम नगर महिला विभागको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम र संघीयता विरूद्ध राजधानी काठमाण्डौ केन्द्रीत आन्दोलनप्रति ऐक्यावद्वता तथा प्रचारात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय समिति सदस्य रामकला काउछाले कार्यक्रमलाई प्रमुख अतितिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै अर्का अतिथि केन्द्रीय समिति सदस्य कृष्ण कुंवरले पनि भन्नु भयो एक रथका दुई पाग्रा भनेर महिला पुरुषलाई भने पनि जब अधिकारको सवाल आउँछ त्यती बेला महिलाहरुलाई राज्यले बन्चित गर्ने गरेको बताउनु भयो ।
अन्य बोल्ने बक्ताहरुमा केन्द्रीय महिला विभाग सदस्य विना काउछा, जनजाति विभागबाट प्रविन काउछा, केन्द्रीय साँस्कृतिक बिभागबाट हरी काउछा, पश्चिम भारत क्षेत्रीय सदस्य निखिल रावत, जितु ठकुल्ला, देवराज जोशी लगायतले मन्तव्य दिनुभएको थियो ।

अतिथिमा ओमान नेपाली एकता समाज कि सदस्य गंगा आचार्य, वापि नगर समितिबाट पदम केसी, पश्चिम भारत क्षेत्रीय महिला विभागबाट लक्ष्मि कुँवर, देविकला परिवार, देविका रावल रहनु भएको थियो । वापि पश्चिम नगर महिला विभाग संयोजक पवन खड्काको अध्यक्षता अस्मिता काउछाको सञ्चालन गर्नु भएको कार्यक्रममा दुदकला बिस्टले शब्द र रक्तिम साँस्कृतिक विभागका कलाकारले गितबाट स्वागत गर्नु भएको थियो ।
















