
पाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितिको आयोजनामा महिलाहरूको महान पर्व ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश कार्यक्रम सम्पन्न भएको छ ।
जमूना शर्माको अध्यक्षता विष्णु कुमारी शर्माको सञ्चालन रहेको कार्यक्रममा अथितिहरू केन्द्रीय सदस्य भगवति कुवँर, केन्द्रीय सदस्य साथै दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेल, केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा, समता क्षेत्रीय विभाग गमबहादुर विकको आथित्यता रहेको थियो । शहिदहरूको सम्मानमा एक मिनेट मौनधारण पछि उपस्थित जनमानसमा नगर सदस्य सरस्वती गायकले शब्दद्धारा र कलाकारहरूले गित संगितबाट स्वागत गर्नुभएको थियो । अथितिहरूले कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश त्यसको भुमिका र पृष्ठभूमि विरताको बलिदानीपुर्ण ईतिहास बारे धारणा राख्दै महिलाहरू संगठित भई अधिकार प्राप्तीको आन्दोलनमा सरिक हुनु पर्नेमा जोड दिनु भएको थियो ।
यस सन्दर्भमा पाण्डिचेरी नगर महिला विभागको तृतिय भेला सम्पन्न भएको छ । तृतिय भेलाको उद्घाटन मूल प्रवाह केन्द्रीय सदस्य भगवति कुवँरले दिप प्रज्जवल गरि गर्नुभएको थियो । उद्घाटन भाषण गर्दै कुवँरले महिला मुक्ति आन्दोलन र महिलाहरूका तमाम समस्या र उत्पिडनबाट मुक्त हुन संगठित भई सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो ।
तृतिय भेलाले जमुना शर्मा संयोजक रहने गरि उन्नास सदस्यीय रहेको नगर महिला विभाग चयन गरेको छ । सदस्यहरूमा क्रमसः विष्णु कुमारी शर्मा, भगवति कुवँर, सरस्वती गायक, सितल गायक, संझना गायक, तुलसी गायक, लक्ष्मी गायक, सविता विक, सविना आचार्य, मुना दर्लामी, माया गायक, अनु जिसी, उमा केसी, सञ्जु पौडेल, रेखा गायक, हिरा देवि शर्मा, हिरा क्षेत्री, र पवित्रा शर्मा रहनु भएको छ।

भेलाबाट चयन हुनुभएका सबै महिला दिदी बहिनीहरूलाई मूल केन्द्रीय सदस्य जनकराज पौडेल, चन्द्रकान्त शर्मा, समता विभाग क्षेत्रिय सदस्य गम बहादुर विक, नगर सदस्य शिव गायक, भद्र बहदुर जिसी, बल बहादुर केसीले महिला सम्बन्धित विषयमा धारणा राख्दै बधाई दिनुभएको थियो ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश र महिला नगर विभाग भेला भब्यरुपमा सम्पन्न भएको छ ।















