
हैदराबाद । अछाम जिल्ला बिनायक २ हाल बर्दिया जिल्लाको गेरुवा ४ मा बस्ने सम्पत्ती धामिका ४२ वर्षिय छोरा रण बहादुर धामी रोजगारीको शिलशिलामा भारतको तेलङना राज्यको मेहदिपट्नमस्थित कबिर क्लासिक अपाट्र्मेन्टमा कार्यरत रहेका थिए ।
घरपरिवारले ठूलो बिस्वास र अपेक्षा राखेको थियो कि प्रदेशीले मुग्लानबाट पठाएको पैसाले आबस्यकता पूरा गरि गुजारा चलाउन सहज हुनेछ, तर नियतीले छाडेन, ५ मार्चका दिन बेलुकी करिब ८ बजे रण बहादुर धामी काम गर्ने अपाट्र्मेन्टको छ तला माथिबाट तल खस्दा घटनास्थल मै मृत्यु हुन पुगेको थियो ।
डेथबडिलाई उस्मानिया अस्पतालमा लगिएको थियो, उक्त घटनालाई उपरी प्रकारले रफादफा गराउन खोजिएको थियो तर, घटनाको जानाकारी ६ मार्चका दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेललाई प्राप्त हुनासाथ सङठनको तर्फबाट मध्य दक्षिण क्षेत्रीय सचिबालय सदस्य तथा दक्षिण हैदराबाद नगर समितिका अध्यक्ष रतन सिंह कर्मा घटनास्थल पुगि आबस्यक जानाकारी लिएर अपाट्र्मेन्टका मालिकहरू र पुलिस प्रसासनसँग छलफल अगाडि बढाउने काम गर्नुभएको थियो । मूल प्रवाहका रतन सिंह कर्माको नेतृत्वमा जनसम्पर्क समितिका जनक बोगटी, बस ब्यबसायी लक्ष्मण जोशी, समाजसेवी रुद्र चलाउने, प्रभु मनि ट्रान्सफर, हैदराबादका मार्केटिङ म्यानेजर अजित बोगटी र समाजसेवी शिवप्रसाद भण्डारी लगायतका साथीहरूको उपस्तिथि रहेको थियो ।
टोलिले अपाट्र्मेन्ट प्रबन्धकसँग बार्ता गरि मृतकको परिबारलाई क्षतिपूर्ति स्वरुप रु २,५००००( अक्ष्यरुपि दुई लाख पचास हजार रुपैयाँ) र दाहसंस्कार खर्च रु बिस हजार गरि जम्मा २,७०००० दिलाउन सफल भएको छ ।
स्मरण रहोस् सो घटनामा अपाट्र्मेन्टको सोसाइटीले रक्सी पिएर लडेकोलाई क्षतिपूर्ति दिन सकिँदैन भनेर आनाकानी गरिरहेका थिए । तर मूल प्रवाहको नेतृत्वदायी भूमिकाको प्रभाबका कारणले उनिहरुले बाध्य भएर क्षतिपूर्ति दिन स्वीकार गरेका थिए । तत्पश्चात सबै कानुनी प्राब्धानहरू पूरा गरि मृतकको दाहसंस्कार गरिएको थियो ।
















