चेन्नै पश्चिममा मूल प्रवाहको टोल समिति गठन

चेन्नै (भारत) । चेन्नै पश्चिममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोल समिति गठन भएको छ ।

नगर समितिद्वारा सञ्चालित अम्बातुर सी एरिया समिति मातहत रहने गरी मार्च ३०, २०२५ का दिन काटुर सिड्को टोल समिति गठन गरिएको हो ।

दक्षिण भारत क्षेत्रीय सचिवालय सदस्य तथा चेन्नई पश्चिम नगर समितिका अध्यक्ष बुद्धिराम पौडेल प्रमुख अतिथि रहनुभएको कार्यक्रमका अन्य अतिथिमा क्षेत्रिय सदस्य तथा चेन्नई पश्चिम नगर समितिका सचिव किशोर शर्मा र उपाध्यक्ष प्रकाशबहादुर नेपाली हुनुहुन्थ्यो ।

सन्तोष थापा र अनिल थापाको पहल तथा केन्द्रीय सदस्य केशमान नेपालीको विशिष्ट आतिथ्यमा उक्त भेला आयोजना गरिएको थियो ।

भेलाले सन्तोष थापा अध्यक्ष रहनुभएको १५ सदस्यीय टोल समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा रेशबहादुर विक, सचिवमा अनिल थापा, सहसचिवमा विकास शर्मा र कोषाध्यक्षमा मनोज थापा रहनुभएको छ ।

त्यस्तै, सदस्यमा निरमाया थापा, बुद्धिमाया गुरुङ, क्षेत्रबहादुर थापा, अमित गुरुङ, लोकबहादुर क्षेत्री, सीता कुँवर, सन्जु नेपाली, किशोर नेपाली, मनोज ठकुरी र समीर नेपाली रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार